‘द्वन्द्वकालमा पत्रकार हुनुको फाइदा उठाइयो ।’ – मोहन मैनाली लेखक, (पत्रकार तथा बृत्तचित्र निर्देशक )

s

लेखक, पत्रकार तथा बृत्तचित्र निर्देशक मोहन मैनालीले रिर्पोटिङ र छायांकन क्रममा बटुलेका अनुभबहरु समेटेर दुई वर्षअघि उपल्लो थलो पुस्तक बजारमा ल्याएका थिए । यतिबेला फाइन प्रिन्टले प्रकाशन गरेको उनको ‘मान्ठा डराएको जुग’ बजारमा उपलब्ध छ । यस पुस्तकले २०७२ को पद्यम्श्री साहित्य पुरस्कार पनि हात पार्‍यो । यस पुस्तकको दोस्रो संस्करण पनि आउँदैछ । पत्रकारिताका प्रशिक्षक समेत रहेका मैनालीसँग नरेन्द्र रौलेले गरेको कुराकानी :

s

‘मान्ठा डराएको जुग’बाट कस्तो प्रतिक्रिया पाउनुभयो ?

राम्रै प्रतिक्रिया पाईरहेको छु । पुस्तकमा उल्लेखित पदम बहादुर शाहीका भाइ घरमै भेट्न आउनुभयो । मैले पुस्तक दिन खोज्दा, पढिसकें भन्नुभयो । उहाँले शाखा अधिकृतमा नाम निकाल्नु भएको रहेछ ।

पुस्तक पढेर भाबुक बनेको सुनाउनुभयो । कालिकोटको कोटबाडाबाट फोन आयो । फेरी कालीकोट, बाजुरा, जुम्ला पुग्न मन छ ।

 ‘मान्ठा डराएको जुग’ मा ओबादीप्रतिरुखो र सेनाप्रति नरम भएर प्रस्तुतभए जस्तो लाग्दैन ?

मेरो नियतत्यस्तो होईन । तर द्वन्द्वकालिन अबस्थामा उनीहरुकै ब्यबहारले त्यस्तो हुन गयो । मैले त जे भोगें, जे महशुष गरें, इमानदार भएर लेखेको हुँ ।

कालिकोटको कोटबाडामा निर्दोषहरु मारिदा सानो स्पेस दिनुभयो तर माओबादीकै आलोचना गर्नमा बढी शब्द खर्चिनु भयो नि ?

जोगीमाराका मारिएकाहरुका बारेमा लेखिसकिएको हुनाले थप त्यसमा लेखिरहनु परेन । यो ठूलो च्याप्टर हो । त्यसैले कोटबाडा घटनाका बारेमा कमै लेखियो ।

पुस्तकमा नअटाएका पाटाहरु के–के छन् ?

डोटीको मुडभरामा माओबादी र प्रहरीहरु सेनाको गोलीले मरे । कैलाली, पहलमानपुरको घटना, दोस्रो चोटी जोगीमारा जाँदाको प्रसंग छुट्यो । यसैमा लेखौं भने पुस्तक ठूलो हुने भयो । अर्को लेखौं भने एउटै विषयकति दोहोर्‍याउनु जस्तो लाग्यो ।

आफूलाई व्यक्तिगत रुपमा कस्ता खाले पुस्तकहरु पढ्न मनपर्छ ?
आख्यान र ग्रैह आख्यान दुबै पढ्छु । आख्यानले लेखनको प्रस्तुती राम्रो बनाउन सघाउँछ । र, पढ्दा आनन्द लाग्छ । ग्रैहआख्यानले तथ्यजान्न, बुझ्न मद्दत गर्छ ।

बृत्तचित्र र पुस्तक लेखनलाई संगसंगै अघि बढाइरहनु भएको छ । सन्तुष्टि के मा मिल्छ ?
दुईटै शक्तिशाली माध्यम हुन् । पुस्तक पनि प्रभाबकारी हुन्छ । बृत्तचित्रमा श्रब्य, दृश्य दुबै हुनाले यसको प्रभाब पनि बेग्लै छ । किताब गाउगाउ पुग्न सक्छ । जतिखेरै जहाँ पनि पढ्न सकिन्छ । बृत्तचित्र आफ्नो सुबिधा अनुसार हेर्न नमिल्न सक्छ ।

घुम्दै लेख्न किन रुचाउनुहुन्छ ?
हामीले पत्रकारिता गर्ने भनेको मानिसका बारेमा हो । आफ्ना कुरा अरुलाई सुनाउन नसक्नेका कथा लेख्दा सहि पत्रकारिता गरेको ठहरिन्छ । तिनका सुख, दुखमा केही परिबर्तन आओस् । तिनलाई ढाढस मिलोस् । आवाजविहिनहरुले आफ्ना कुरा अरुले सुनिदिए न्याय पाएझैं महशुष गर्छन् । आनन्द महशुष गर्छन् । अरु बिधामा म लेख्न सक्दिन । कथा, कविता, उपन्यास लेख्न जानिन । त्यो मेरो बाटो जस्तो लागेन ।

द्वन्द्वकालमा देश घुम्न, रिर्पोटिङ गर्न कत्तिको गाहो भयो ?
पत्रकार हुनुको फाइदा उठाइयो । हामीलाई अलिकति सुबिधा भयो । पत्रकार भनेपछि जोखिम कम हुन्थ्यो । पत्रकारलाई छुनु हुँदैन भन्ने थियो । हामीले जोखिम लिने कोशिष गर्‍यौं । चिया पिउने ठाउ, स्थानिय सरकारी कार्यालयमा हामीले कतै हिंड्नुअघि खबर गथ्र्यौं । त्यसो गर्दा सबैतिर हाम्रा बारेमा खबर फैलिन्थ्यो । जोखिम कम हुन्थ्यो ।

थुप्रै जिल्ला घुम्नुभयो । मुलुक घुम्दा कस्तो महशुष भयो ?
अहिले सम्म ६८ जिल्ला घुमियो । पश्चिम पहाडको भुगोल छिचोल्दा अलिकति कठिन भएपनि त्यो ठाउ असाध्यै सुन्दर लाग्यो । त्यहाँका मानिसहरुको बोली र प्रस्तुतीमा रस भेटिन्छ । बिम्ब र साहित्य पनि प्रशस्तै भेटिन्छ । बोली नै कविता जस्तो लाग्ने । पुर्व चाहिं शिक्षामा अगाडी पाईयो । र, प्राकृतिक स्रोत, साधनको उपयोग पनि पुर्वमा बढी नै छ ।

अबको तयारी के छ ?

घुमघामका क्रममा भेटिएका मानिसहरु, आफू पुगेको गाउ, ठाउबारे अर्को पुस्तक निकाल्ने तयारी छ । अबको दुई वर्षभित्र निकाल्ने योजना छ । घुम्ने क्रम रोकिएको छैन । तत्काल कतै घुम्ने मौका परेको छैन ।

Be the first to comment on "‘द्वन्द्वकालमा पत्रकार हुनुको फाइदा उठाइयो ।’ – मोहन मैनाली लेखक, (पत्रकार तथा बृत्तचित्र निर्देशक )"

Leave a comment

Your email address will not be published.


*