होली छिटै आईदेओस् लाग्छ – कामेश्वर चौरसिया (कलाकार)

नरेन्द्र रौले
छड्केरेशम फिलिलि चलचित्रका अभिनेता कामेश्वर चौरासियालाई तराईको होली बिशेष लाग्छ । जब फागुनको हावा बहन सूरु हुन्छ, यो मौसम बडो रोमान्टिक लाग्न थाल्छ । मन त यसै पनि रोमान्टिक बनिहाल्छ । त्यसैले त उनलाई अरु चाडहरु भन्दा होली छिटै आइदेओस् जस्तो लाग्छ ।
jeevan-shailiहोली आउनु पुर्व नै तराईको माहोल बेग्लै बनिसक्छ । मानिसहरु रमाइलो गर्ने मुडमा हुन्छन् । दारु पिएर हिंडेपनि । भाङ खाएर हिंडेपनि कसैलाई नियन्त्रण गर्नै सकिदैन । मात्तिने, जिस्किने, गीत गाउदै रमाइलो गर्ने क्रम सूरु हुन्छ । पुलिस प्रशासनले पनि यसलाई हल्का रुपमा लिन्छ ।

 

कामेश्वरले दुई ठाउमा होलीको रमाइलो लिन्छन् । पुख्र्यौली थलो वीरगन्जको नगुवार हाल बसोबास गर्दै आएको बाराको गढिमाई नगरपालिकास्थित जितपुर दुबै ठाउको होली उनलाई छुटाउनै मन लाग्दैन । ‘सकभर दुबैतिर भ्याउने गर्छु ।’ उनी भन्छन्, ‘दुबैतिर आफन्त र साथीभाईहरु छन् । सबैसंग भेट हुने उपयुक्त मौका पनि यही हो ।’

 
कामेश्वर यो पालीको होली भब्य रुपमा मनाउने सोचमा छन् । साथीभाई बोलाउने, पारिवारिक जमघट गर्ने, आफन्तलाई बोलाउने सोचमा छन् । होलीको ठ्याक्कै अघिल्लो रात समद (अन्न) जलाएर अर्काको सिमाना कटाइन्छ । यसो गर्दा एक वर्षको पाप काटिने, रोग, ब्याधी काटिने जनविश्वास छ । भूत प्रेत नआओस् भन्नका लागी पनि यसो गरिन्छ । भगवानका नाममा पञ्चबाली गहुँ, चना, जौ, मसुरो पोलिन्छ । र, चढाइन्छ ।

 

अन्नको हरियो बाली लठ्ठीमा बाँधेर घरको मूलद्वारमा झुन्ड्याउने गरिन्छ । त्यसलाई वर्षभरी राखिन्छ । भोकमरी नहोस् भनेर यसो गरिन्छ । नाँचगान हुन्छ रातभरी । एक अर्कासंग जिस्किने, कहिल्यै नबोलेकासंग पनिबोलिन्छ, मन खोलिन्छ । आजदेखी यो मानिस म संग बोलोस् भन्ने हुन्छ । मनमुटाब भएका व्यक्तिहरुसंग पनि बोल्ने बहाना खोजिन्छ । गाली गरेरै भएपनि बोलचालको सूरुवात गरिन्छ । त्यसो गर्दा कसैको मन पग्लिन्छ । होलीमा दुस्मनको घर पनि जानुपर्छ भन्ने चलन छ । रंग, अबिर लगायोभने त्यो व्यक्ति मेरो साथी बन्छ भन्ने चलन छ ।

 
होलीको दिन बिहान मालपुवा र मीठो–मीठो परिकार बनाउने गरिन्छ । मासुका परिकारहरु यसमा छुट्दैनन् । रक्सी, भाङ, प्रसाद, मिठाई खाने र खुवाउनाले सम्बन्धमा मिठास ल्याउने विश्वास गरिन्छ । दिनभरी रंग, अबिर लगाइन्छ । साँझ परेपछि घरघर पुगेर होली गाउन थालिन्छ । घोडा, गधा, भैंसीमा चढेर बेहुला, बेहुली बन्ने, जुत्ताको माला लगाउने, नचिनिने भएर हिंड्ने प्रचलन छ । केटाले मलाई केटी खोजिदेउ, केटीले मलाई केटा खोजिदेउ भन्दै कराउँछन् । जसरी हुन्छ मानिसहरुलाई हसाउँने गरिन्छ । चटकि देखाउने, आ–आफ्नो कला देखाउने काम पनि गरिन्छ ।

 

यतिमात्र होईन । तराईको होलीमा कवि सम्मेलन र मूर्ख सम्मेलनको आयोजना हुन्छ । कवि सम्मेलनमा आ–आफ्ना कविताहरु बाचन गरिन्छ । मूर्ख सम्मेलनमा भने आफूले आफैलाई महामुर्ख साबित गर्ने प्रयास गरिन्छ । निर्णायक टोलीले मुर्ख, पटमुर्ख, महामुर्ख घोषणा गर्छन् । पहिलो, दोस्रो, तेस्रो घोषणा गरेर पुरस्कार दिईन्छ । पुरस्कारमा सँडे गलेका सब्जि, टमाटरर अण्डाहरु दिने गरिन्छ । कसैले रुमाल च्यातेर दिने गर्छन् । यस्तो बेला घोषणा पुरस्कार जे मन लाग्यो, त्यही पुरस्कार दिईन्छ । फेरी त्यो स्वीकार्नुपर्छ ।

 
कामेश्वरलाई यि सबै पक्षहरु रमाइला लाग्छन् । ‘जिस्किनुपर्छ । ख्याल ठट्टा गर्नुपर्छ । सबैसंग बोल्नुपर्छ ।’ उनी भन्छन्, ‘यसले सम्बन्ध बलियो बनाउछ ।’ सबै चाडहरु मन पर्छन् । पवित्र पर्ब होली अझ मनपर्छ । होलीको बेला गाउभरी सबैको घरघर पुगिन्छ । गीत गाइन्छ, नाँचिन्छ । परमबाबाको मन्दिर गएर समुहमा भेला हुन्छन् । वालवालिकादेखी लौरो टेक्ने बुढापाका सबैसबै पुग्छन् । अनि सूरु हुन्छ होली गाउने प्रतिष्पर्धा । यो क्रम अबेर सम्म चल्छ । यसमा पनि जितहार हुन्छ । राती नुहाएर खानपिन गरेर सुतिन्छ । यो बेला देवर, भाउजुको सम्बन्ध पनि रमाइलो हुन्छ । देवर, भाउजु एकअर्कासंग जिस्किने गर्छन् । मन खुल्छ, मनमुटाब र शंका हट्छ भन्ने विश्वासले यो सबै काम मर्यादामा रहेर हुने गर्छ । मीठो परिकार बनाएर खुवाउने, मनमुटाब मेटाउने, सम्बन्ध सन्तुलनमा राख्ने गरिन्छ ।

 
कामेश्वर घुम्न, चलचित्र हेर्न मन पराउँछन् । राम्रो, नराम्रो जे जस्तो भएपनि प्राय उनी नयाँ चलचित्र हेर्न छुटाउँदैनन् । नयाँनयाँ किताबहरु पढ्न, गीत संगीत सुन्न उनलाई एकदम मनपर्छ । घुमघाममा खुब रुचि राख्छन् । पश्चिम महेन्द्रनगर, धनगढी, बैतडी र पुर्व काँकडभित्ता । उनी एक्लै घुमेका छन् । ‘सुदुरपश्चिमले खुब मोहनी लाग्यो । त्यहाँको भाषा मीठो लाग्ने ।’ उनले सुनाए ‘गाली गरेको हो कि माया थाहै नहुने ।’ उनलाई सुदुरपश्चिम घुम्न रहर अझै पुगेको छैन । खप्तड पुगेरै छाड्ने धोको छ । पछिल्लो ७ वर्षको अबधिमा काठमाडौं, दिल्ली, तराई दौडिरहे । कलाकार बन्ने धुनमा संघर्ष गरिरहे । यो स्थान सम्म पुग्दा उनलाई खुसी लाग्छ । यतिबेला उनको समय आधा काठमाडौं आधा विरगन्जतिर बित्छ । यतिबेला नयाँ चलचित्रको सुटिङका क्रममा उनी विरगन्जमै छन् ।

 
कामेश्वरलाई साकाहारी परिकार मनपर्छ । नेपाली, विदेसी र नेवारी खानाउनलाई मनपर्छ । खाना र किताब किन्नमा सौखिन छ । पैसा भयो भने सपिङ गर्न, खानपानमै बढी उनको खर्च हुन्छ । उनलाई फर्मल र क्याजुअल पहिरन मनपर्छ । त्यसमा पनि कुर्ता, पाइजामा, धोती बिशेष मनपर्छ । अहिले सम्म ६ वटा चलचित्रमा खेलियो । उनलाई कलाकार बन्छु भन्ने सोच थियो सानैमा । जुन अहिले आएर पूरा भएको छ ।

 

उनलाई चलचित्रमा फरक–फरक भूमिका निभाउन मन लाग्छ । भविष्यको कलाकार भएर नै बाँच्ने उनको योजना छ । उनी चाहन्छन्, देशमा राजनीतिक स्थिरता होस्, यही देशमा बस्न पाईयोस्, पलायन हुन नपरोस्, सबैजना शान्तिले बाँच्न पाउन् ।

Be the first to comment on "होली छिटै आईदेओस् लाग्छ – कामेश्वर चौरसिया (कलाकार)"

Leave a comment

Your email address will not be published.


*