सस्तो र सटिक विकल्प

नरेन्द्र रौले

 

काठमाडौँ उपत्यकामा रहँदा उनी पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन नचढेको छ वर्ष भयो । कुनै चोकमा उभिएर गाडी कुररिहनु पर्दैन, न त पेट्रोल भर्न लाइनमा बस्नुपर्छ किनभने उनलाई साइकलले आकषिर्त गरेको छ । साइकल नचल्ने ठाउँमा उनी बरु पैदलै पुग्छन् माइक्रो, बस, मोटरबाइक वा अरू त्यस्ता सवारी साधन चढ्दैनन् । उनी हुन्, काठमाडौँको कोटेश्वर बस्ने बिके दलित, २९ । चार हजार रुपियाँ परेको साइकलमा उनी कोटेश्वरदेखि चाबहिलस्िथत आप्mनो कार्यालय टिम फर नेचर एन्ड वाइल्डलाइफको कार्यालयसम्म ओहोरदोहोर गर्छन् । जस्तोसुकै जाम होस्, उनको यात्रा पूरा हुन २० मिनेटभन्दा धेरै समय लाग्दैन ।

वातावरण क्षेत्रमा काम गर्ने संस्था इन्फोका सल्लाहकार भूषण तुलाधर, ४३, पनि निरन्तर साइकल प्रयोग गर्ने अर्का व्यक्ति हुन् । तीन दशकयता भूषणले साइकलको प्रयोग गर्दै आएका छन् । साइकलको प्रयोग उनलाई आरामदायी लाग्छ । सस्तो र सजिलो पनि । भर्खरै नबिल ब्यांक छाडेर मेगा ब्यांकको प्रमुख कार्यकारी अधिकृत बनेका अनिल शाह र टोयोटा कम्पनीको नेपाल प्रभागका अध्यक्ष सुरज वैद्य पनि साइकलप्रेमीका रूपमा उदाएका छन् । आ-आपmनो क्षेत्रका ती दुई हस्तीले कार्यालय आउँदा-जाँदा कहिलेकाहीँ साइकल प्रयोग गर्न थालेका छन् ।

पछिल्ला दिनहरूमा उपत्यकामा साइकलप्रतिको आकर्षण बढ्दो छ । यसका प्रयोगकर्ताहरूको संख्यामा पनि वृद्धि हुँदै गएको पाइएको छ । धनी-गरबि हरेक वर्गको रोजाइमा पर्न थालेको छ, साइकल । यसका पछाडि थुप्रै कारण छन् । बेफाइदा खासै केही छैन । फाइदैफाइदा मात्र छन् यसका । साइकल चढ्न लाइसेन्स लिनुपर्दैन । पार्किङ् समस्या पनि हुँदैन । सवारीका अरू साधनहरूभन्दा साइकल सस्तो, सजिलो र बहुउपयोगी पनि छ । बाक्लो सवारी मार्ग होस् वा गल्ली, साइकल चढ्दा त्यो लाममा कुर्नुपर्दैन । बजारमा पेट्रोलियम पदार्थको हाहाकार भएका बेला टाउको दुखाउन पनि पर्दैन । चाहेको ठाउँमा तोकिएको समयमै पुग्न सकिने । गाडी भाडा पनि बचत हुने । जानकारहरूका अनुसार, एउटा कार बनाउने औजारबाट ७० देखि १ सयवटासम्म साइकल बनाउन सकिन्छ ।

साइकल चढ्नुको अर्को ठूलो फाइदा हो, वातावरणमा स्वच्छता । साइकलको प्रयोगले मधुमेह, मुटुरोग, क्यान्सर र आन्द्रारोगीहरूलाई पनि फाइदा पुर्‍याउँछ । डाक्टर यादव गुरुङका अनुसार, वयस्क व्यक्तिले प्रतिसाता कम्तीमा तीन घन्टा शारीरकि अभ्यास गर्न आवश्यक हुन्छ । साइकलको नियमित प्रयोगले त्यो सहजै पूरा हुने गर्छ । स्वास्थ्यका लागि क्रियाशील हुनुपर्छ भन्ने नारा दिएर मुभ फर हेल्थ नामक समूह स्थापना गरेका डाक्टर गुरुङ हरेक साता २५ जना सहकर्मीसहित साइकल चढेर कहिले गोदावरी, कहिले दक्षिणकाली त कहिले नगरकोट पुग्छन् । भन्छन्, “साइकल चढ्दा मानसिक तनाव कम हुन्छ । स्वास्थ्यलाई पनि राम्रो गर्छ ।”

ठमेलमा बग्रेल्ती पसलहरू छन्, जसले केही समयका लागि भाडामा साइकल दिन्छन् । दिनको ९ सयदेखि १ हजार ५ सय रुपियाँ तिरेर साइकल भाडामा लिन सकिन्छ, ती पसलहरूबाट । प्याकेजका रूपमा उपत्यकाबाहिर अन्नपूर्ण, मुक्तिनाथ, ल्हासा क्ष्ाेत्रमा जान ९ देखि १५ हजारसम्म भाडामा पाइन्छन्, उपयुक्त साइकलहरू ।

साइकल सिटी २०२० समूह

वातावरणप्रति सचेत केही युवाहरूको समूह हो, काठमाडौँ साइकल सिटी २०२० गु्रप । राजन कठेत र शैल श्रेष्ठले ०६६ साउनमा यसको स्थापना गरेका हुन् । काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत युवाको प्रमुख सहभागिता रहेको छ यस समूहमा । काठमाडौँ उपत्यकामा साइकलको प्रयोग बढाउने र सन् २०२० सम्म साइकलको सहर बनाउने उनीहरूको लक्ष्य छ । वातावरण प्रदूषण कम गर्ने तथा सहरलाई सभ्य, सुन्दर र व्यवस्िथत बनाउनेे उद्देश्यले सो समूहको स्थापना गरएिको कठेत र श्रेष्ठको कथन छ । समूहको नेतृत्वपंक्तिमा १६ सदस्य रहेका छन् । समूहले स्कुल र कलेजहरूमा साइकलसम्बन्धी चेतना जगाउने कार्यक्रमहरू सञ्चालन गररिहेको मात्रै छैन, विभिन्न अवसरमा साइकल र्‍यालीको आयोजना पनि गर्छ । विश्व साइकलयात्री पुष्कर शाहलाई ब्रान्ड एम्बेसडर बनाएर उनको सगरमाथा चढ्ने अभियानमा पनि सघाउ पुर्‍याउने काममा जुटेको छ, काठमाडाँै साइकल सिटी २०२० गु्रप ।

Be the first to comment on "सस्तो र सटिक विकल्प"

Leave a comment

Your email address will not be published.


*