समाज र साहित्य

n.n

‘वा ! क्या क्रान्तिकारी भाषण,’ लेखक नारायण ढकालले अभि सुवेदीतिर हात लम्काउँदै भने, ‘ल बधाई छ है, गजब लाग्यो ।’ प्राध्यापक सुवेदी उही परिचित लामो हाँसो हाँसे । वरिपरिको कोलाहलबीच उनी दंग परे, ‘साँच्चै सबैले मजा मानेर सुनेछन् है !’

बिहीबारदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको एनसेल नेपाल इन्टरनेसनल लिटरेचर फेस्टिबलमा ‘किनोट स्पिच’ दिएपछि सुवेदी र ढकालको यो संवाद भएको थियो । सुवेदीले अलिकति राजनीतिक प्रसंग सुनाए, ‘मानिस एक्लिँदै गएको छ । लुटिँदैगएको छ । निरीह बन्दै छ । राजनीतिक संकट गहिरिँदै छ । तैपनि लुटिएका निरीह नागरिकहरूमाथि साहित्य लेखिँदै छ ।’

जिरी उच्च माविका प्राचार्य टेकबहादुर जिरेल यही साहित्य मेलामा सहभागी हुन जिरीबाट काठमाडौं आइपुगे । आफू मात्र होइन छोरी र भतिजासहित । आफूलाई साहित्यको पाठक भन्न रुचाउने जिरेलले भने, ‘लेखकका कुरा सुन्न पाउँदा केही प्रेरणा मिल्छ ।’ कथा, उपन्यास, कविता र समालोचना पढ्न रुचाउने जिरेलले आइतबारसम्म चल्ने महोत्सवमा धेरै लेखकसँग भलाकुसारी गर्ने आशा लिएका छन् । विशालनगरस्थित तक्षशिला एकेडिमीमा ११ कक्षामा पढ्ने पूणिर्मा धरेलले चाहिँ महोत्सवमा सार्वजनिक हुन लागेका पुस्तक खरिद गर्ने सोच बनाएकी छन् । ‘मन परेका लेखकहरूसँग पनि भेट्नेछु,’ उनले भनिन् ।

सहरलाई ठूला भवन र चिल्ला सडकले होइन त्यो सहरमा बस्ने मानिसले जिउँदो र सम्पन्न राख्छन् । र, सहरबासी आपै+m चाहिँ कत्तिको जागृत र चेतनशील छन् भन्ने प्रमाणका लागि कला, साहित्य र समाजका विषयमा त्यो सहरले देखाउने चासोलाई मानक मानिन्छ । यस हिसाबले हेर्ने हो भने काठमाडौं सहर टुक्रा-टुक्रामा बाँचेजस्तो लाग्छ । सहरको एउटा कुनामा सिनेमा, अर्को कुनामा साहित्य र कुनै ग्यालरीमा चित्रका कुरा त भई नै रहन्छन् । तर ती एकमुष्ट, एकै ठाउँमा प्रकट भएको कमै देख्न पाइन्छ । सायद, सहरमा कला खण्ड-खण्डमा बाँच्छ ।

त्यस्तै कमै देख्न पाइने एउटा उत्सव यो महोत्सव हो । लगातार दोस्रो साल आयोजना भएको यो महोत्सवमा साहित्यको मात्रै चर्चा छैन । उदाहरणका लागि महोत्सवको पहिलो छलफल कार्यक्रमलाई नै लिनुस् । २०४६ को राजनीतिक परिवर्तनपछि नेपाली समाजमा आएको परितर्वनका विषयमा केन्दि्रत छलफलमा समाजशास्त्रका प्राध्यापक चैतन्य मिश्र, टिप्पणीकार सीके लाल र राजनीतिकर्मी घनश्याम भुसाल सहभागी थिए । यो छलफललाई चलाउने काम जलस्रोतविद् अजय दीक्षितले गरे । सबभन्दा रोचक कुरा त के थियो भने समाजको यो गफगाफको श्रोताचाहिँ धेरैजसो साहित्यकार थिए ।

यो एउटै सत्रमा नेपालको राजनीतिदेखि पौरखका निम्ति देश विदेशसम्म भड्किरहेको युवा पुस्ताका कुरा भए । ‘पक्की घर, कच्ची सम्बन्ध,’ सीके लालले हाम्रो समाजलाई यसरी व्याख्या गरिदिए । प्रतिष्ठानको डबली र पछिल्लो भागको खुला ठाउँमा पाल टाँगेर बनाइएका ‘भेनु’ले आउने आइतबारसम्म साहित्यलाई जीवनका विविध आयमहरूसँग जोडिएका छलफल सुनाउनेछन् । यसमा समाजका अरू के के कुरा पक्की र के कच्ची छन् भन्ने विषयमा छलफल हुनेछ । र, समग्रमा साहित्य पुस्तकबाट निस्केर डबलीमा आइपुग्नेछ ।

यसपालिको महोत्सवमा प्रसिद्ध भारतीय पत्रकार, लेखक एवं आउटलुक पत्रिकाका ‘एडिटोरिअल चेयरम्यान’ विनोद मेहता, उपन्यास तथा फिल्म लेखिका अद्वैता कला, उपन्यासकार अमिस त्रिपाठी लगायतका विदेशी लेखक पनि सहभागी छन् । लेखक खगेन्द्र संग्रौलाले यो साहित्य मेलालाई दसैं, तिहार जत्तिकै ठूलो चाडका रूपमा लिएका छन् । ‘यो अत्यन्तै हर्षको क्षण हो,’ संग्रौलाले भने ‘यो लेखक र पाठकको संगमस्थल हो ।’ उनले थपे, ‘सबैभन्दा ठूलो कुरा भनेको पाठक र पुस्तकको भेट हुन्छ ।’ अघिल्लो वर्ष चिनेका तर बिर्सिंदै गएका लेखकहरूसँगको परिचय नवीकरण हुन पाउनु उपलब्धि भएको उनले ठाने ।

नारायण ढकालले पनि अघिल्लो वर्षको मेलाबाट फाइदा पुगेको बताए । ‘यसले किताब पढ्ने संस्कृतिमा वृद्धि गरेको छ,’ ढकालले भने । उनका विचारमा लेखक र पाठकबीचको यस प्रकारको अन्तरसंवादले साहित्यमा हामी कहाँ छौं, अब कता लाग्नुपर्छ भन्ने कुरा बुझाउन सघाउँछ । उनले सरकारी तहबाटै यस प्रकारको कार्यक्रम गर्न जोड दिँदै भने, ‘नोकरशाही जञ्जालमा फँसेकाले एकेडिमीले त्यो गर्न सकेको छैन ।’ यसपटकको महोत्सवममा प्रज्ञा बुकवर्म ट्रस्टको सहआयोजकका रूपमा सहभागी छ । सरुभक्तले गत वर्ष बीबीसीका पत्रकार तथा लेखक मार्क टलीसँगको भेट सम्भिmए । स्थापित लेखकसँगको विचार विनिमयले उत्साह थप्ने उनले बताए । महोत्सवले पाठक र लेखकबीच पुलको काम गरेको छ । मोफसलमा बसेर साहित्य सिर्जना गर्ने थुप्रै सर्जकहरू एकै थलोमा भेला भएका छन् । रोल्पाबाट रमेश क्षितिजदेखि इलामका गणेश रसिक एकै थलोमा अटाएका छन् । मनु मञ्जिलदेखि सीमा आभास र भूपिन व्याकुल राजधानी आएका छन् । विभिन्न सत्रमा यी लेखकहरूले बोल्ने र आफ्ना कविता सुनाउने क्रम चलिरहेको छ । भारतीय लेखिक अद्वैता कला महोत्सबको आकषर्ण बनिन् । उनले काठमाडौको चेलीबेटीमाथी आफूले किताब लेख्ने तयारी गरेको बताइन् ।

दोस्रोचोटि साहित्यिक मेला आयोजना गर्न पाउँदा महोत्सव निर्देशक अजित बराल निकै हौसिए । भने, ‘एकदमै खुसी लागिरहेको छ ।’ पोहोर सालको कार्यक्रमपछि सबैबाट प्रशंसा बटुलेपछि उनलाई झनै हौसला मिल्यो । त्यो बेला पहिलोचोटि कार्यक्रमको आयोजना गरेकाले केही कमजोरी भएको उनले बताए । ‘पोहोर साहित्यमा केन्दि्रत भएर बढी कार्यक्रम गरियो,’ उनले थपे, ‘यो पालि साहित्यबाहिरका विषयमा पनि आँखा पुगेको छ ।’

महोत्सवले लेखक र पाठकहरूका लागि मात्र फाइदा छैन । त्यत्तिकै प्रकाशकलाई पनि फाइदा पुग्ने अनुभव छ महोत्सवका कार्यकारी निर्देशक नीरज भारीको । गत वर्षको महोत्सवमा उनीहरूको प्रकाशन संस्था फाइन पि्रन्टले मात्रै ३ लाख ५० हजार रुपैयाँभन्दा बढीको किताब बेचेको थियो ।

यसपालिका आकर्षण

अचेल फेसबुक र टि्वटर नेपालीहरूका माझ लोकपि्रय हुन थालेको छ । सूचना, समाचारको आदानप्रदान, सामाजिक सेवा र मनोरञ्जनका लागि सहरी क्षेत्रमा सामाजिक सञ्जालको प्रयोग हँुदै आइरहेको छ । युवाहरूलाई आकषिर्त गरेको यो न्यू मिडियाका विषयमा आइतबार छलफल हुँदै छ । आइतबारै फिल्म, मातृभाषामा लेखन, शिक्षा, इतिहास नाटक र साहित्यिक पत्रकारिताका बारे छलफल हुँदै छन् । शनिबार भने बाल साहित्य, भाषा, साहित्य र पत्रकारितामा ‘प्लेजरिज्म’ र प्रकाशनका विषयका कार्यक्रम हुँदै छन् ।

त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी प्राध्यापन गर्ने शिव रिजालको विशेष चासो प्लेजरिज्ममाथि हुने बहसमा छ । त्यसपछि साहित्यिक र मूलधारका पत्रपत्रिकाहरूमा गरिँदै आएको पुस्तक समीक्षामाथिको बहसले उनको ध्यान तानेको छ ।

Be the first to comment on "समाज र साहित्य"

Leave a comment

Your email address will not be published.


*