‘श्रीमान् भन्दा चलचित्र नजिक’ – प्रियंका कार्की (नायिका)

w

उमेरले पच्चीसौं वर्षमा उक्लँदै छिन्, प्रियंका कार्की। स्थापित नायिकाहरूका अगाडि उनको अनुभव र उमेर कमै होला, तर छोटो अवधिबीच  उनले ठूलो फड्को मारिसकेकी छिन्। झट्ट हेर्दा काली लाग्ने यी सुन्दरीले सन् २००५ मा मिस टिनको मुकुट पहिरिएपछि चर्चा बटुलिन्।  त्यही वर्ष मिस ट्यालेन्टको wसेलुल्योइड कार्यक्रम चलाउँथिन्। अमेरिकाको नर्थ अलाबा युनिभर्सिर्टीमा अध्ययन गरेकी कार्कीले  कान्तिपुर टेलिभिजनकै घरबेटी बा सिरियलमा ६२ भागसम्म अभिनयसमेत गरिन्। यसबीच उनलाई थुप्रै म्युजिक भिडियोमा काम गर्ने अवसर  मिल्यो। अमेरिकामा बनेको, भुटानी शरणार्थीको कथा समेटिएको भुल्ने पो हो कि चलचित्रको निर्देशनसमेत भ्याइसकेकी प्रियंका नाच्न माहिर  छिन् नै, कोरियोग्राफीमा पनि सिपालु छिन्। यतिबेला चलचित्र कलिउडको सुटिङमा व्यस्त प्रियंकालाई चाँडै मेरो बेस्ट फ्रेन्ड, थ्री लभर्स  र  भिजिलान्तेमा प्रमुख नायिकाका रूपमा देख्न पाइनेछ। कलिउडको सुटिङपछि उनी चलचित्र धूवाँमा व्यस्त हुनेछिन्। नीलो रंगको गाउनमा  सजिएर चलचित्रको सुटिङका लागि नगरकोटतिर हुइँकिनुअघि प्रियंकासँग नरेन्द्र रौलेको जम्काभेटः

कत्तिको खुसी हुनुहुन्छ ?

एकदमै खुसी छु। मन परेको काम गर्न पाइरहेकी छु। खुसी नहुने त कुरै छैन नि। फेरि म चलचित्र खेल्नकै लागि जन्मिएकी हुँ।

सबैभन्दा नजिक कसलाई मान्नुहुन्छ ?

चलचित्रलाई। किनभने यो मेरो नशा-नशामा बग्छ। सानैदेखि म नाच्न, नाटक खेल्न खुब मन पराउँथें। जीवनमा चलचित्र खेल्छु भन्ने गहिरो  चाहना पलाउँदै गयो, जुन रहर बिस्तारै एकपछि अर्को गर्दै पूरा हुँदैछ।

चलचित्रको अगाडि श्रीमान्लाई पनि त्यति नजिक महसुस गर्नुहुन्न ?

हो, गर्दिनँ। किनभने श्रीमान् भन्दा अगाडी चलचित्र मेरो जीवनमा आइसकेको थियो। ऊ त मेरो जीवनमा आएको जम्मा दुई वर्ष भयो। मैले  भने नि, म चलचित्रकै लागि जन्मिएकी हुँ।

श्रीमान् अमेरिकामै हुनुहुन्छ। तपाईं यता चलचित्रमा व्यस्त हुँदा कतिपयले तपाईंहरूको सम्बन्ध त्यति राम्रो छैन भनेर हल्ला चलाइरहेका छन्  नि ?

बजारमा चलेका सबै हल्ला पत्याउने हो भने त मान्छे पागल हुन्छ। त्यस्तो केही भैहाल्यो भने भन्नैपर्नेहरूलाई म भनुँला। फेरि आफूले जति  राम्रो काम गरे पनि नराम्रो भन्नेहरू त प्रशस्तै भेटिन्छन् नि। अरूले जेसुकै भनून्, म अहिले करियरमै जोड दिइरहेकी छु। हामीबीच त्यस्तो  नराम्रो छैन।

अनि महिला समलिंगीहरूसँग तपाईंको घनिष्ठ सम्बन्ध छ भन्ने सुनिन्छ। साँचो हो कि हल्ला मात्र ?

म जोकोहीसँग मिल्छु। महिला, पुरुष, समलिंगी भनेर छुट्याउदिनँ। मेरा साथीहरूको सर्कल ठूलो छ। जसले भेट्न चाहे पनि मसँग समय छैन  भनेर पन्छिने स्वभाव छैन। हाँसेर सबैसँग बोल्दैमा के जान्छ र ? फेरि जिन्दगी छोटो छ। किन कसैसँग शत्रुता गर्ने ? सबैसँग घुलमिल हुने  मेरो यही स्वाभावले यस्तो हल्ला चलेको हुनुपर्छ।

तपाईं अभिनीत चलचित्रहरू सार्बजनिक नहुँदै चर्चामा आइसक्नुभयो। कस्तो लाग्दैछ ?

चर्चामा आउनु त राम्रै कुरा हो, तर डर पनि उत्तिकै लागिरहेको छ। कतै दर्शकको माग पूरा गर्न सक्दिनँ कि जस्तो लागिरहन्छ।

Be the first to comment on "‘श्रीमान् भन्दा चलचित्र नजिक’ – प्रियंका कार्की (नायिका)"

Leave a comment

Your email address will not be published.


*