विदेशमा ती

नरेन्द्र रौले

यो सामग्री पहिलो पटक आजको साप्ताहिकमा प्रकाशित भएको हो ।

अष्टेर्लियामा तीज

हामी विदेशमा बस्नेहरुलाई आफ्नो देश, घर, परिवारको याद सधैं नै आउछ । त्यसमा पनि दसैं, तिहार, तीज जस्ता चाडबाड आउदा झन् बढी याद आउछ । नेपालमा भईदिएको भए बरु यति याद आउदैनथ्यो होला । साथीसंगी, दिदी, बहिनी सबैजनासँग भेट हुन्थ्यो । त्यति नियास्रो लाग्दैनथ्यो ।

aaratiपरदेशमा भएपछि त सम्झनाले झन् बढी सताउछ । अघिल्लो वर्षको तीज पनि घर र स्वदेशकै यादमा बित्यो । तैपनि यहाँ सिड्नीमा हामी साथीभाई जम्मा भयौं । विहानै हिन्दु मन्दिरमा गएर पूजापाठ गर्‍यौं । गीत गाएर, नाँचेर रमाइलो गर्‍यौं । यसपाली पनि त्यसरी नै मनाउने सोच छ । यहाँ सिड्नीमा रहेका बिभिन्न समुह, सँस्थाहरुले तीज विशेष कार्यक्रमको आयोजना गर्छन् । प्रायजसो यस्तो बेला नेपालबाट बिभिन्न कलाकार र सेलिब्रिटीहरु आईरहन्छन् ।

कलाकारहरुको उपस्थितीतिले कार्यक्रम झन् रमाइलो र अविस्मरणिय हुन्छ । साथीहरुको जमघट, नेपालबाट आउनु भएका कलाकारहरुको प्रस्तुती सुन्दा, हेर्दा नेपालमै पो छु कि भन्ने लाग्छ । नत्र त विदेशमा हैन आफ्नै देश गएर बसौं जस्तो लागिरहन्छ । तर सोचे जस्तो हुन्न । जहाँ रहेपनि आखिर चित्त बुझाउनैपर्छ ।
आरती पोखरेल सापकोटा, अष्टेर्लिया

 

कोरियामा नेपालको झझल्को
junu
कोरियाको तीज विशेष हुने गर्छ । नेपाली नारीहरुको महान चाड हरितालिका तीज नारीहरुद्वारा संचालित सँस्था वुमन फर वुमनले बिशेष कार्यक्रमहरुका साथ बृहत रुपमा मनाउदै आएको छ ।

प्रबासि भूमिमा रहेर पनि हामी आफ्नो कला, संस्कृति र पर्वको बिशेष महत्व झल्काउने काममा हामी सक्रिय छौं । यहाँ रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुबीच एक आपसमा सद्भावना कायम गर्न र सुख, दुख साँटासाँट गर्न हामी तीज मनाउदै आएका छौं ।
यहाँ तीजका कार्यक्रम मनाउदा बिशेषगरी हामी नेपाली पहिरनमा सजिएर नाँचगानका कार्यक्रम आयोजना गर्छौं । साथै बिभिन्न परिकारहरु बनाउने, सबैजना जम्मा हुने, एकआपसमा शुभकामना आदानप्रदान गर्दै मनाईदै आएका छौं । अघिल्लो वर्ष वुमन फर वुमनको अग्रसरतामा शुभेच्छा रेस्टुराँमा अत्यन्तै हर्षोल्लासका साथ मनाएका थियौं ।

कोरियास्थित राजदुत, श्रम सहचारी, संघसँस्थाका प्रतिनिधी, गन्यमान्य सबै ब्यक्ति, यहाँ रहनुहुने सबै दिदी बहिनीहरु शुभेच्छा रेस्टुराँमा भेला भएका थियौं । औपचारिक तरीकाले कार्यक्रम मनायौं । नेपाली गीत, संगीत बजाएर, नाचगान गाएर, बिभिन्न परिकारहरु मनाएर रमाइलो गरियो । परदेशमा भएपनि त्यसको कुनै आभास भएन ।
जुनु गुरुङ, कोरिया

 

तन जापानमा, मन नेपालमा
म जापान आएको ४, ५ महिना भयो । यहाँ नेपालीहरु पनि त्यति धेरै चिनेको छैन । त्यसमाथि भर्खर काम गर्न थालेको छु । भनेको दिनमा बिदा पनि मिल्दैन । पहिलो चोटी घरबाट यति टाढा आईयो । बिराटनगरबाट काठमाडौं आउदा जति घरको याद आउथ्यो त्यो भन्दा बढी नेपालबाट जापान आउदा यादले सताउन थाल्यो । यतिबेला स्वदेश, घरपरिवार, साथीभाईको यादले एकदमै सताईरहेको छ । नेपालमा त स्काउटबाट पशुपतिमा स्वयंसेबक गर्न खटेकी थिएँ । त्यससँगै तीजमा एक हप्ता अघिदेखि नाँचगान गरेको, दर खाएको सम्झिन्छु ।

Indu
यसपाली टोकियोमा जति चिनेजानेका नेपालीहरु छन्, उनीहरुसँगै मनाउने सोचमा छु । यहाँ आयोजना हुन लागेको कार्यक्रममा गायिका सिन्धु मल्ल आउने कुरा छ । नेपालको जस्तै माहोल नभएपनि यहाँ रमाइलो गर्ने मन छ । काठमाडौंमा छदा बुबा, आमासँग प्रायजसो कुराकानी भईरहन्थ्यो । हाम्रो गाउमा तीजको अघिल्लो दिन मात्र दर खाने चलन थियो । त्यसबेला आमाले राती उठेर दर बनाउनुहुन्थ्यो । अनि हामीलाई पनि उठाउनुहुन्थ्यो । ति दिनहरु सम्झिएर एकदमै रमाइलो लाग्छ । अब ति सबै क्षणहरु कहिल्यै फर्किएर आउने छैनन् ।

आमासँग बोल्न नपाउदा एकदमै गार्‍हो महशुष हुन्थ्यो । कहिलेकाहीं त फर्किएर नेपाल नै जाउ जस्तो हुन्थ्यो । झन् तीजको बेला सम्झिदा त एकदम मन दुख्थ्यो । मेरो घरतिर तीजका बेला खोलामा गएर नुहाउने चलन थियो । त्यहाँ झन्डै १ सय जना भन्दा बढी मानिसहरु एकै ठाउमा भेला भएर पुजा गथ्र्यौं ।

मलाई पनि ब्रत बस्न मन लाग्थ्यो । पुजा सकेर घर फर्केपछि जब आफैले बनाएको खाना खान्थें तब बुबा र दाईहरु हाँस्नुहुन्थ्यो । विदेशमा त कामले गर्दा ब्यस्त बनाउछ । जब रेलमा यात्रा गरिरहेकी हुन्छु, घरको यादले बिछट्टै सताउछ । सोच्छु, यही रेलमा १०, १२ घन्टा लाग्ने भए नेपाल पुगेर आउन हुन्थ्यो । तर यो सबै सपना मात्र हो ।
इन्दिरा बजगाँई, जापान

 

स्पेनमा तीज
यसपालीको तीज हामी सरल तरिकाले मनाउँदैछौं । र, त्यही अनुसार तयारी पनि गरिरहेका छौं । मैले कार्यक्रमको संयोजन गरिरहेकी छु । बार्सिलोनामा नेपालीहरुको उपस्थिीति राम्रै छ । यहा धेरैजसोको परिवार नै छ । यहाँ हरेक नेपाली चाडबाड हामी मनाउँछौं । हामी चाहि यसपाली हाम्रै गाउघरमा गाइने लोकभाका, तीज गीतलाई प्राथमिकता दिएर मनाउने तयारीमा छौं । सम्भबत: हाम्रो तीज कार्यक्रममा प्रस्तुती दिनका लागी नेपालबाट कोमल ओली आउनुहुन्छ होला । कुराकानी भईरहेको छ ।
12002219_1019895321383573_3000473364831766973_nप्राय: सबैको परिवार यतै हुनाले दसैं, तिहार, तीज, नयाँवर्ष जस्ता चाडबाड वर्षेनी मनाउछांै । बिभिन्न जातजाती र भाषाभाषिका नेपालीहरुको बसोबास हुनाले हरेक चाडबाडमा रौनकता नै अर्कै हुन्छ । जुनसुकै चाडबाडमा पनि एकले अर्कालाई निमन्त्रणा गर्ने, सहभागी हुने चलन छ । हामीले पनि यसपाली सबैलाई दर खान निम्ता दिईसकेका छौं । सबैजना भेला भएपछि दर खाने, शुभकामना आदानप्रदान गर्ने गर्छौं । त्यस्तै एमाले सम्बद्ध प्रबासि नेपाली मन्च, बार्सिलोना, स्पेनले यहाँ ७ वर्षदेखी तीजको कार्यक्रम गर्दै आएको छ ।
मैले नेपालमा हुँदा खासै ब्रत बस्ने काम त गरिन । साथीभाईको लहलहैमा ब्रत बस्न खोज्थें तर भोक लाग्दा फेरी खान मन लागिहाल्थ्यो । हेटौंडामा क्लबले तीजका अबसरमा नाँचगान, नाटक जस्ता कार्यक्रमको आयोजना गथ्र्यो । म त्यसमा जहिल्यै सरिक हुन्थें । परदेशमा भएपछि सबैभन्दा बढी त जन्म दिने आमालाई नै सम्झिने गर्छु । झन् तीजको बेला त बढी नै याद आउछ । साथीभाई, दाजुभाई नेपालका चाडपर्व पनि उत्तिकै सम्झिन्छु ।
रीता ढुंगाना रेग्मी, स्पेन

नेपालबाट कलाकार आउदा रमाइलो लाग्छ

जापानमा बस्ने बिभिन्न नेपाली समुदायहरुको संघ, सँस्था यति धेरै छन् कि यहाँ नेपालकै जस्तो झझल्को आउँछ । नेपालका हरेक गाउ, टोलको नाममा समाज खोलिएको छ, त्यो समाजबाट आउने निमन्त्रणा पनि त्यति नै हुन्छन् । सप्ताह अन्त्यतिर मेरो बिदा हुने भएकोले तिज रमाइलो नै हुन्छ । हामी साथीहरु मिलेर नेपाली रेस्टुरेन्टमा तीजको गित लगाएर नाँचगान गरेर, दर खाएर रमाइलो गर्छौं ।
PRativa
यसपाली भ्याए सम्म दुई, तीनवटा कार्यक्रममा जाने विचार गरेको छु । नेपाली रेस्टुरेन्टमा दर खाने कार्यक्रम छ । त्यस्तै नेपाली समुहले यहाँ तीजको ठूलो कार्यक्रम आयोजना गर्दैछ । नेपाली समुहले आयोजना गरेको यस कार्यक्रममा नेपालबाट कलाकारहरु आउदैछन् ।

यसले गर्दा सांगितिक माहोलमा झन् रमाइलो हुनेछ भन्ने आशा छ । गत वर्ष मेरी छोरी अलि सानी भएकोले कास्की समाजको तीज कार्यक्रममा गएको थिएँ । सानो कार्यक्रम भएपनि धेरै रमाइलो भएको थियो । यसपाली जापानकै इकेगामी खाइकानमा तीज कार्यक्रममा जाँदैछु ।
नेपालमा हुँदा खासगरी तिज त्यति धुमधामसाथ मनाउने चलन थिएन । दिदि र फुपूहरु आउनु हुन्थ्यो । उहाँहरुसँग दर खाएर बित्थ्यो । त्यो बेला खास नलागे पनि अहिले सम्झिदा बिशेष लाग्छ । यो पटक त झन् पुराना तिजहरु धेरै सम्झिरहेकी छु । त्यो बेलाका फोटोहरु फेसबुकमा हेर्दा आनन्द लाग्छ । यसपाली दर खाने दिन मंगलबार परेछ । अफिस बिदा नमिल्ने भयो । घर फर्केपछि स्काइपमा नेपालमा आमासँग कुरा गर्ने, उहाले बनाएको परिकारहरु हेरेर बस्ने हो ।
प्रतिभा चालिसे, जापान

 

इजरायलमा तीज
म इजरायल आएको सात वर्ष भयो । नेपालको जसरी नै यहा तीज मनाउन पाइदैन । स्वदेशको भन्दा अलि फरक हुन्छ । खासगरी कार्यब्यस्तताले गर्दा कुनैपनि चाडबाड साइतमै मनाउन पाइदैन । तैपनि विदाको दिनमा साथीसंगी भेला भएर विशेष तीज कार्यक्रम गरेर मनाउन पाउदा अर्कै आनन्द आउने रहेछ । यसपालीको तीज नजिकिदै जाँदा फेरी पोहोरको झझल्को आयो ।
kamalaत्यो बेला इजरायलको साथीसंगी, दिदी, बहिनी तेलअबिबमा मनाइएको थियो । मीठो दर खाएर, नाँचगान गरेर रमाइलो गरेका थियौं । यसपाली पनि शुक्रबार विदाको दिन पारेर तेलअभिब शहरमै धुमधामसंग तीज मनाउने योजना छ । सुनेकी छु, नेपालबाट पनि लोक गायक, गायिका आउँदैछन् रे । तर कोको आउदैछन् भन्ने निश्चित भइसकेको छैन । कलाकार आउदा झन् रमाइलो हुनेछ ।

हामी नेपाली जहा गएपनि आफ्नो कला, संस्कृति, परम्परा भुल्नु हुदैन भन्ने मान्यता राख्छु म । तीज आउनै लाग्दा नेपालमा रहनुहुने आमा, दिदी, बहिनी, साथीसंगीलाई सम्झिन थाल्छु । दर खाने दिन राती आमाले ब्युँझाएर दरखुवाएको र भोलीपल्ट भोकै बसि शिवजी जस्तै पति पाउ भनि ब्रत बसेको झल्झलि सम्झिरहन्छु ।
कमला केसी, इजरायल

 

अमेरिकामा तीज
यसपाली आउदो ७ तारेखमा तीज मनाउने विचार छ । नजिकैको साउथ पार्क रिसोर्टमा स्थान लिईसकेका छौं । स–सानानानीहरु त्यही खेल्छन् । हामी पनि त्यही भेला भएर रमाइलो गर्ने बिचार छ । घरबाट खाने कुराहरु मिलाएर लग्ने, बाँडेर खाने, नाँचगान रमाइलो गर्ने योजनामा छौं । तीजमा प्राय: सबैको छुट्टी छ । नहुनेहरुले पनि समय मिलाएका छन् ।
1486799_558117174265060_2124850814_nअमेरिकामा यस्तो बेला बिदा लिनुपर्दा पहिले नै निबेदन बुझाउनुपर्छ । त्यसैले समय मिलाउन अलि गार्‍हो हुन्छ । हाम्रो नेपालका कुनकुन चाडपर्व कहिले पर्छन् भन्ने कुरा अलि पछि मात्र थाह हुन्छ । स्वदेश, घरगाउ, साथीभाईहरुको यति सम्झना आउछ । नेपालमा त बरु साडी मात्र लाएर हिड्दा मात्र पनि अर्कै खुसी मिल्थ्यो । तर यहाँ जति जे गरे पनि मनदेखि खुसी लाग्दैन । केही नपुगेझैं, केही छुटेझैं भईरहन्छ ।

प्रतिभा गौतम न्यौपाने, अमेरिका

 

क्यानडामा तीज

क्यानडाको टोरन्टोमा बसेको ६ वर्ष भयो । यहाँ पनि नेपालीहरुको उपस्थीति राम्रै छ । गतवर्षको तीज टोरन्टोको डाउनटाउनमा मनाइयो । सहभागीहरु एक सय भन्दा बढी नै थिए । त्यो कार्यक्रम नेपाली क्यानेडियन वुमन एसोसियनले आयोजना गरेको थियो । एकदमै रमाइलो भयो । सबैजनासँगै हुन पाउदा खुसी लाग्यो । नेपालमा छँदा पोखरामा तीज खासै मनाईएन । यसपाली भने दुइ दिन मनाउने सोचमा छु ।

11402804_10152871502798093_3887990929389075028_nटोरन्टोका दुइ ठाउमा कार्यक्रम छ । मिले त दुबै ठाउमा जान्छु । यहाँ धर्मकर्ममा आस्था राख्नेहरु प्रशस्तै छन् । नेपाल जस्तै यहाँ पनि मन्दिरहरु छन् । पूजा, भजन हुन्छ । स्वदेशकै परिकारहरु रोटी, प्रसाद, लड्डु बनाइन्छ । हामीले रमाइलोसँग मनाउँछौं । ब्यांकेट हलमा आयोजना गरिएको कार्यक्रममा जाँदा भने पैसा तिर्नुपर्छ । खानाको ब्यबस्था त्यहीं हुन्छ ।

म १९ वर्षको उमेरदेखी विदेशमै छु । सुरुमा कोरिया ४ वर्ष बसें । यसअघि जापानमा धेरै बसियो । झण्डै ९ वर्ष । पढ्नका लागी बाहिर आइयो । म जता पुगेपनि नेपालीहरुले तीज मनाएको पाएँ । दिनभरी कामले थाकेका हुन्छन् । रमाइलो गर्न मन लाग्छ । धुमधामले मनाउन मन लाग्छ । जे होस् मस्ति हुन्छ ।
रमा डोल्कर, क्यानडा

फिनल्याण्डमा तीज
गतवर्ष फिनल्याण्डको हेलसिन्कीमा रमाइलोसँग तीज मनाइयो । सबैजनाले घरबाट खाने कुरा पकाएर ल्याइयो, 11143683_1167083003317549_442380126777662816_oत्यही बाँडेर खायौं । गीत गाईयो, नाँचियो, फोटो खिचियो । यसपालीको तीजमा आफन्तजनहरुले तीजको दर खान बोलाएका छन् । साथीहरुसँगै रमाइलो गरेर मनाउने तयारीमा छु ।
नेपालमा तीज मनाएको, आफन्त, घर, परिपार र साथीसंगीहरुसँग रमाइलो गरेको, नाँचेको, तीजमा घरमा आउने चेलिबेटीहरुका लागी आमासंग सपिङ गर्न बजार गएको खुब मिस गर्छु । सानो हुँदा गाउमा तीजको दिन एउटा स्कुलमा सबैजना जम्मा भएर मज्जाले नाँचेको दिन झनै मिस हुन्छ । नेपालमा जस्तो मन्दिर जान यहाँ पाइदैन । त्यो चैं नरमाइलो लाग्छ ।
सुरक्षा गैरे, फिनल्याण्ड

Be the first to comment on "विदेशमा ती"

Leave a comment

Your email address will not be published.


*