राजनीति गर्न मन छ- रवीन्द्र मिश्र– सम्पादक, बीबीसी नेपाली सेवा

a

बीबीसी नेपाली सेवाका सम्पादक रवीन्द्र मिश्र यतिबेला दोधारमा छन् । १४ वर्ष लामो बेलायत बसाइपछि नेपाल फर्किएका मिश्रलाई बृहत् रूपमा सामाजिक सेवामा होमिन मन छ । उनी अहिले ‘ब्यबहारिक परोपकार’ को प्रवर्धन गर्न “नेपालको लागि नेपालीले गरौं” भन्ने नाराका साथ स्थापित हेल्प नेपाल नेटवर्कमार्फत गर्दै आएको परोपकारी कामबाट मात्र त्यति सन्तुष्ट छैनन्। समाजको ब्यापक रूपान्तरण कसरी संभव होला भनेर घोत्लिंदै छन्। राष्ट्रब्यापी रूपान्तरणको काम राजनीतिबाट मात्र सम्भव छ भन्ने उनलाई दिन प्रतिदिन महसुस हुदैछ ।
‘ममा राजनीतिमा होमिने इच्छा बढ्दै गएको छ । तर त्यो इच्छा, इच्छामैं सीमित रहन पनि सक्छ।’

हेल्प नेपाल नेटवर्कका संस्थापक अध्यक्ष रवीन्द्रले केही दिनअघि सुनाए, ‘यो जागिर छाडेर पूरै परोपकारी समाजको प्रवर्धनमा लाग्ने कि भन्ने पनि सोच्दैछु ।’ झन्डै १४ वर्षअघि स्थापना भएको हेल्प नेपालले यतिबेला देशभर ४० वटाभन्दा बढी पुस्तकालय, ५० वटाभन्दा बढी विद्यालयको पूर्वाधार विकासको काम, अछाम र मुगुमा हेल्थ पोस्ट सञ्चालन गरिरहेको छ भने शीतलहर पीडित, अग्नि पीडित तथा बाढी–पीडितहरूलाई बेला–बेला सहयोग गर्दै आएको छ । अबको तीन महिनाभित्र धुलिखेलमा सञ्चालन हुन लागेको बाल आश्रममा बिपन्न समुदायका ४० जना बालिकाहरू बस्नेछन्। ती सबैजसो काम नेपाली, नेपालीको सहयोगबाट संभव भएको हो। उनी भन्छन् ‘हामी सकभर नेपालको लागि नेपालीलाई गर्न प्रेरीत गर्छौं।’

तैपनि रवीन्द्रलाई परोपकारी कामको रफ्तार अझै बढाउन पाए हुन्थ्यो भन्ने लागिरहेको छ । “गरौं भन्ने भावना भएका इमान्दार मानिसहरू राजनीतिमा नलागि नहुने देखियो।’ धेरैजसो समय परोपकारी काममा खर्चिरहेका मिश्रले भने– ‘अहिले गरिरहेको कामको प्रभाव समाजिक रूपान्तरणमा साहायक हुने तर राष्ट्रीय रूपान्तरणमा गौण हुने देखियो ।’

हेल्प नेपाल नेटवर्कले करीब डेढ वर्ष अघि स्थापना गर्ने घोषणा गरेको ‘१० करोड रुपैयाको परोपकारी अक्षयकोषमा संसारभरका नेपालीहरूबाट लगभग ५ करोड रुपैया“ जम्मा भैसकेको छ ।’ कतै अत्यावश्यक खाचो पर्दा सहयोग गर्ने उद्देश्यले उक्त अभियान प्रारम्भ गरेको बताउ“दै रवीन्द्र भन्छन्– ‘स्कुलको छाना उडाउदा, बाढीले बगाउदा र अन्य तुरुन्त सम्बोधन गर्नुपर्ने ठाउमा सहयोग गर्नेछौं ।’ सामान्य गिट्टी कुट्नेदेखि अरबपति नेपाली सम्मले यो अभियानमा सहयोग पु¥याएका छन् । युट्युबमा राखिएको मेरो एउटा परोपकारी भाषण सुनेर काठमाडौंकी एक मध्यमवर्गीय महिलाले घरमा बोलाएर १० लाख रुपैयाको थैलो थमाउदा रवीन्द्र चकित भए । अधिकांश अवस्थामा ‘थोरै हुनेले धेरै दिए । धेरै हुनेले थोरै ।’

रवीन्द्र परोपकारी राज्यव्यवस्थामा विश्वास गर्छन् । संविधान लेखेर मात्र देश सुध्रन्छ भन्ने कुरामा उनको पटक्कै विश्वास छैन । उनी भन्छन्, ‘देशको मुहार राजनीतिक दस्ताबेजले फेर्ने होइन, राजनीतिक संस्कार र राजनीति गर्नेको आचरणले परिवर्तन गर्छ।’

काका मोहन मिश्र जागिरको सिलसिलामा सुदूरपश्चिम पुगेपछि रवीन्द्र पनि साथमै गए । डोटीको सिलगढीस्थित पद्मोदय माविमा ५ देखि ७ र दार्चुलाको खलंगास्थित महेन्द्र माविबाट ८ देखि १० कक्षासम्म शिक्षा हासिल गरेका मिश्रले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा स्नातकोत्तर गरेका छन् । पाकिस्तानको पञ्जाव विश्वविद्यालयमा आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर अध्ययन गर्ने क्रममा द न्युज इन्टरनेसनल अंग्रेजी दैनिकमा उनले साढे दुई वर्ष काम गरेको अनुभव बटुलेका छन् ।

त्यही क्रममा सन् १९९३ मा पाकिस्तानमा चुनाव भएका बेला बीबीसीलाई चुनावी रिपोर्टिङ गर्ने मौका पाएका रवीन्द्रले पछिबीबीसीमै काम गर्ने अवसर पाए । बेलायतको लन्डन युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय राजनीतिमा स्नातकोत्तर हासिल गरेका मिश्र बेलायतबाट स्वदेश फर्किएपछि एकदमै खुसी छन् । ‘त्यहाको सौन्दर्य, त्यहांको विकास केही पनि मेरो थिएन । यहांका सबैकुरा मेरा हुन्।’

फुर्सदमा रवीन्द्र आफ्ना छोरा, छोरी र श्रीमतीसंग घुम्न, चलचित्र हेर्न र आफन्तहरूलाई भेट्न रुचाउछन् । पछिल्लो समय उनले चलचित्र झोला धुम थ्री हेरे । कोटमा चिटिक्क सजिने रवीन्द्र कविता लेख्न, घुम्न एव समय पाएं अभिनय गर्न रुचाउछन् । रेडियोमा बोल्ने, पत्रपत्रिकाहरूमा लेख्ने मिश्र कविता संग्रह प्रकाशन गर्ने योजनामा छन् । मोबाइल र ल्यापटपमा थरीथरीका गीत, संगीत सुनेर मनोरञ्जन लिने उनको बानी छ ।

प्रायः ६ बजेतिर रवीन्द्रका आखा खुल्छन् । नित्यकर्मपछि मोबाइलमा एफएम सुन्दै उनी मर्निङवाकमा निस्कन्छन् । आफू बसोबास गर्दै आएको भैसेपाटी  क्षेत्रमा लगभग ४५ मिनेट मर्निङवाक गरी घर फर्केर कसरत गर्दा तथा पत्रपत्रिका पढिसक्दा साढे ९ बजी सक्छ । खाना खाइसकेपछि दुई घन्टा हेल्प नेपालसंग सम्बन्धित र परोपकारी काममा लगाउछन् । उनको २१ लाख रुपैयामा किनिएको भारतमा बनेको शेवर्ले गाडी छ। उनी १ बजेतिर बीबीसीको कार्यालय पुग्छन् । उनलाई पार्टीहरूमा खासै रुचि छैन ।

दिनभर अफिसको काम गरेपछि राति १० बजे घर फर्कन्छन् । दाल, भात, तरकारी उनको नियमित भोजन हो । रेस्टुरा कहिलेकाहिं जान्छन्। रेष्टुरां जांदा उनी नेवारी, पाकिस्तानी, जापानी, चिनीयां खाना खान मन पराउंछन्। पछिल्ला केही वर्षमा पुस्तक पढ्नभन्दा परोपकारी काममै समय खर्चिने दैनिकी छ । रातिको खानापछि एक घन्टा कम्प्युटरमै बित्छ र निदाउने बेला भैसक्छ ।

पत्रकारितामा रुचि राख्ने युवाहरूका लागि रवीन्द्र प्रेरणाका स्रोत हुन् । मौका पाए विदेश गएर सिक्न तर मरिहत्ते गरेर नजान उनको सुझाव छ । कविता नलेख्ने व्यक्ति कवि नकहलाएझैं पत्रकारितागत लेखन नगर्ने व्यक्ति पत्रकार कहलाउ“दैन भन्ने उनको ठहर छ । पत्रकारिता गर्न चाहनेहरूलाई उनले सुझाए— पढ्नुहोस्, पढ्नुहोस्, पढ्नुहोस्, लेख्नुहोस्, लेख्नुहोस्, लेख्नुहोस् ।’
रवीन्द्रका प्रिय
 
परिकार : दाल, भात, तरकारी
सोखहरू : कविता लेख्ने, संगीत सुन्ने र परिवारसंग घुमफिर गर्ने
गीत, संगीत : अंग्रेजी, अरेबिक, उर्दू, बंगाली, हिन्दी, नेपाली
मनपर्ने कविहरू : भूपी शेरचन, क्षेत्रप्रताप अधिकारी, माया एन्जेलो, पाब्लो नेरुदा
मन परेका पुस्तक : हाउ आर वि टु लिभ
आदर्श व्यक्ति : ब्यबहारीक परोपकार अभ्यास गर्ने सबै
मन परेको स्थान : स्वदेशमा पोखरा, विदेशमा स्वीटजरलण्ड

Be the first to comment on "राजनीति गर्न मन छ- रवीन्द्र मिश्र– सम्पादक, बीबीसी नेपाली सेवा"

Leave a comment

Your email address will not be published.


*