बैंसका बेला / भैरब रिसाल

नरेन्द्र रौले

असारे झरी बर्सिरहेको थियो । ठ्याक्कै यतिबेलाकै जस्तो मौसम । मनमा एक प्रकारको खुल्दुली र कौतुहलताले डेरा जमाउदै थियो । अलिअलि लाजले काउकुति लगाउदै थियो । किनकि त्यो मेरो विवाहको दिन थियो । अनि उमेरले जम्मा ११ वर्षमात्र टेकेको थिए“ । विवाह भनेको के हो थाहै नपाई मेरो विवाह भयो । तर पनि त्यो दिन म खुसि थिए“ । दोस्रो विश्वयुद्ध सुरु भईसकेको बेला थियो त्यो । उमेर छिप्पिएका दौ“तरीहरु मलाई जिस्क्याउने गर्थे । म भने दंग पर्थें । आफुले नखाए पनि साथीहरुलाई भने विवाहको खुसियालीमा सय खिल्ली चुरोट बा“डेको सम्झन्छु ।

बिहेपछि जजमानि गर्न ससुराली सल्यानथान जानुपथ्र्यो । बेलाबेला श्राद्ध, यज्ञस्थापन, सत्यनारायणको पुजा गराउन गईरहनुपथ्र्यो । मेरो खुट्टामा कहिले जुत्ता हुन्थ्यो, कहिले हु“दैनथ्यो । लुगाको ताल पनि उस्तै । एकजना सिपाही मेरो पारालाई ब्यंग्य गर्थे, उडाउ“थे । म जवाफ फर्काउन सक्दिनथें । आ“टै आउ“दैनथ्यो । खै किन हो, १५ पन्ध्र वर्षसंगै रहदा पनि मेरी पहिलो श्रीमतिसंग आत्मिय सम्बन्ध भने रहेन । यदाकदा शारीरिक सम्बन्ध बाहेक हामी बिच पछि सम्म पनि दोहोरो संबाद भएन ।

भक्तपुरको गुण्डुको तिथली गाउ जहा“ म जन्मे, हर्ुर्कें । पुराना सम्झनाहरुले अहिले मलाई घेरिरहन्छन् । म नितान्त ग्रामिण परिबेशमा हर्ुर्किएको मान्छे । बढी लजालु र अर्न्तमुखि स्वाभाब थियो । ३ कक्षा पढ्दा मैले जुत्ता लगाउन पाए“, १८ वर्षो उमेरमा ८ कक्षा पास गरें । घरबाट एक घण्टाको दुरी रहेको लुभुको भाषा पाठशाला पढ्न जानुपथ्र्यो । त्यतिबेला खुला समाज थिएन । उर्छिङ्खल काम गरे पनि दौतरी र सहपाठीहरु बिच धेरै कुराहरु गोप्य राख्थ्यौ“ । का“ठको जनजीवन एकदमै कष्टकर थियो । बन बाट दाउरा ल्याउनुपथ्र्यो । कहिलेकाहि मकैको ढोड, गह“ुको छवालि र परालको धुस्नु, गाइभै“सीको गोबरको गुइ“ठा बनाई बालिन्थ्यो । बनमा कहिलेकाहिं बनपालेहरुले समाईदिन्थे ।
शहर छिरेपछि मात्र मैले बाहिरी संसार नियालें । काठमाडौ“मा शहरीयाकै जीवन पनि खासै सुबिधासम्पन्न थिएन । त्यस बेला रमाईलो गर्न जानिदैनथ्यो । मैले फिल्म हेरेको हेक्का छैन । शोख पनि लागेन । भौतिक र आर्थिक स्थिती यति सा“घुरो हुने कि मनोरञ्जन र रमझम गर्ने वातावरण नै नमिल्ने । कक्षा ८ को परिक्षा -प्रथमा परीक्षा) दिन सहपाठीहरु संगै म राजधानी पसें । उपत्यका भित्रका स्कुलबाट ८ कक्षाको परिक्षा दिन रानीपोखरीको नेपाल राजकिय संस्कृत प्रधान पाठशालामा आएर दिनुपथ्र्यो । यो परिक्षा पास गरेपछि बाले आफ्नै खर्चमा र्सर्ूयबिनायक मन्दिरमा श्रीमद्भावगत सप्ताह लगाउनुभयो । यो सप्ताह पछि मैले पण्डितको लाईसेन्स पाए“ । आचार्य पढुञ्जेल तीनधारा पाठशालाको छात्रबासमा झण्डै १२ वर्षबिताए“ । खान बस्न, निशुल्क थियो तर लगातार २ वर्षफेल भएमा निकालिदिन्थ्यो । छात्रबासमा गोरखापत्र र बनारसबाट प्रकाशित ठूलो आकारको हिन्दी दैनिकआज पढ्न पाईन्थ्यो । घतलाग्दा बु“दा टिपोट गर्थें । बिस्तारै लत बस्दै गयो । वास्तबमा यहि सुक्ष्म अध्ययनले नै मलाई पछि पत्रकार बनायो ।

३१ वर्षा मेरो दोस्रो बिहे भयो । यस अघि पनि कसैलाई मन पराइयो तर प्रस्ताब राख्न सकिएन । बिहे पछि परिवारको प्रतिको दायित्व बढ्यो । मलाई काम चाहिएको थियो । जे पाए पनि गर्ने अबस्थामा थिए“ । अनि हालखबर दैनिकमा संबाददाताका रुपमा काम गर्न थालें । ०१३ सालको कुरा । मेरो मासिक तलब १ सय रुपिया थियो । चार वर्षसम्म काम गरेपछि राष्टिय जनगणनामा सेक्सन अफिसर भएर सुदूरपश्चिम गए“ । अर्को वर्षराष्टिय कृषि जनगणनामा मेची अञ्चल गए“ । मेची र काली बस्दा मैले देश बुझ्ने मौका पाए“ । आफ्नै देश जान पनि भारतको बाटो समात्नुपथ्र्यो । यहाबाट रक्सौल, लखनउ हु“दै धनगढी पुगेपछि मात्र पहाडी जिल्ला जान सकिन्थ्यो । त्यो पनि पैदलै हिंड्नुपर्ने बाध्यता थियो । धनगढीबाट ७ रातमा सिलगढी पुगिन्थ्यो । लामो बाटो हिंड्दा झनै उत्साह हुन्थ्यो । तर राती बास पाउन भने मुस्किल पथ्र्यो । खासगरी महिलाहरुको बोली बुझिदैनथ्यो । दार्चुलाबाट एकपटक २ जना तन्नेरी संगै बझाङ जाने बेला राती बास पाईएन । एक महिलाले भनिन्, ‘हिंत्ति होटल छ । झाउ पन । ‘ तर राती भईसक्यो कहा“ जाने – जबरजस्ति बस्यौ“ । पश्चिमको तुलनामा पर्ुब भने निकै विकसित छ । सायद हिन्दुस्तानको प्रभाबले होला । पहिलो र्सर्ूय पर्ूवमा उदाए झै“ विकास पनि पर्ूवमा नै उदायो ।

Be the first to comment on "बैंसका बेला / भैरब रिसाल"

Leave a comment

Your email address will not be published.


*