बैंसका बेला/अभि सुबेदी

नरेन्द्र रौले

कोमल मन बोक्न गाह्रो हुँदोरहेछ । यो झनै गह्रुंगो भैदिन्छ । अनि त्यसलाई बिसाउन ‘चौतारी’ खोजिन्छ । जीवनमा त्यो ‘चौतारी’ नभेटिदा पटक पटक गाह्रो भएको छ मलाई । त्यही भएर त म कवि बनें । गुम्सिएका भावनाहरु कवितामा पोख्न थालें ।

जब म केही लेख्न बस्छु, मनमा मुरलीको मीठो धुन गुञ्जिएझैँ लाग्छ । कहिल्यै नसोचेका वाक्य र बिम्बहरु निस्कन्छन् । तिं वाक्य र बिम्ब अर्कै बनिदिन्छन् । मेरै निम्ति नौलो र पढौंपढौं लाग्ने । ‘रमाइलो असुरक्षित’ भएका बेला कसैलाइ प्रेम गरिन्छ । जब ‘एक्लै छु कि’, ‘आफ्नो परिवारका सदस्य बाहेक अरुले माया नगर्ने हुन् कि’ भन्ने सोच उब्जिन्छ तब कसैलाई खोजिन्छ । जुन उमेरमा पनि यो लागु हुन्छ । कलेजका दिनहरुमा प्रेम गर्ने अबसर मलाई जुरेन । स्नातक तह पुरा गर्दा सम्म निकै संघर्ष झेल्नुपर्‍यो । आफु पनि राजनितीक पृष्ठभुमिमा हुर्किएको ब्यक्ति । पछि म राजनितीमा नै होमिएँ । धरानमा पढ्दा केटीहरु केटा जस्ता थिए । ठाडो स्वभाबका । उनीहरु संग के प्रेम गर्नु ? बिराटनगर पढ्दा एक युवति थिईन् । हामी दुबैले एक अर्कालाई मन पराउथ्यौ । संगै हिंड्दा मुटु धड्किन्थ्यो । तर मनको कुरा भन्न सकिदैनथ्यो । एक दिन पिकनिक जादा उनकै बारेमा लेखिएको कविता देखाएँ । ‘राम्रो छ’ भनिन् । त्यो उनकै लागी लेखेको थिएँ । महेन्द्र मोरङ क्याम्पस, बिराटनगरबाट अंग्रेजी र नेपाली साहित्यमा मैले आई ए तहको पढाइ पुरा गरें । स्नातक तहको अध्ययन गर्न धरान आइपुगें । धरानमा स्नातक पढ्दा ५ जना विद्यार्थीलाई कलेजले निकाल्यो । हामीले विद्यार्थी संघर्ष समिति खोलेर त्यसको प्रतिकार गर्‍यौं । म भाषण गर्थें । पुलिसले हामीलाई खोजि गर्न थाल्यो । आर्मीहरुले कुटे । रक्ताम्य बनाए । धरानबाट भागेर चतराको चारकोशे झाडी पार गरेर भारतको बीरपुर पुग्दा कम्ति कष्ट झेल्नुपरेन । रातभर दौडिएर ज्यान जोगाइयो । हाम्रो खोजीमा हिंडेका पुलिसले भेटेमा त्यही बेला सिध्याइदिने योजनामा थिए । तर भाग्यले बचियो ।

बिस्तारै मैले बुझ्न थालें । मैले केही अर्थका लागी राजनिति गरेको रहेछु । राजनिती नै मेरो अन्तिम लक्ष्य होइन रहेछ । म त कवि, लेखक , साहित्यकार रहेछु । पढ्ने, लेख्ने तिर्खा भएको मान्छे रहेछु । बिपी कोइरालाबाट म निकै प्रभाबित छु । विशेष गरी उहाको साहित्यिक ब्यक्तित्वले छोएको छ । बिराटनगरको आदर्श पुस्तकालयमा बिपीले पढ्नुभएका पुस्तकहरु छन् । तिं मध्ये धेरै जसो मैले पस्तकहरु पढेको छु । एक जना बृद्ध पनि त्यहाँ आईरहनुहुन्थ्यो । बिपी बारे धेरै कुरा उहाबाट जान्न पाएँ । कहिलेकाहि ‘बाबु कति पढेको ? जाउ चिया खान ।’ भन्नुहुन्थ्यो । पछि थाह पाएँ, स्वर्गिय प्रधानमन्त्रि मनमोहन अधिकारीका बुबा रामचन्द्र अधिकारी हुनुहुँदोरहेछ उहा ।

बिराटनगरमा हिन्दी फिल्म खुब हेरें । काश्मिर कि कली, आरजु र देवानन्दका फिल्म हेरियो । नाटक खेलें । फ्रान्सेली , अस्तित्वबाद, सात्र र कामुका पुस्तक छिचोलियो । हुन त पुस्तक प्रतिको प्रेम स्कुल पढ्दै खेरी पलाएको हो । जतिबेला म शिम्भ बाहिनि स्कुलमा ६ कक्षा पढ्दै थिएँ दक्षिण भारतबाट अंग्रेजी पढाउन केही पादरीहरु आएका थिए । उनीहरुले नै मलाई अंग्रेजी भाषा र साहित्य प्रतिको मोह जगाईदिएका थिए । म उनीहरुको प्रिय विद्यार्थी थिएँ । प्रसिद्ध लेखकहरु दोस्तोएब्स्की, चाल्र्स डिकेन्स, मोपासा लगायत अंग्रेजी साहित्यका अन्य पुस्तकहरु मलाई पढ्न दिन्थे । स्कुल सकेपछि गोठाला जादा बोकेर लिन्थें । भैँसी माथी चढेर यिं पुस्तकहरु पढेको छु । म्याङलुङका जंगलमा जब ऐंसेलु र काफल पाक्थे । म पागल हुन्थें । साथीहरु संग भागेर जान्थें । तर पनि आमा कहिल्यै रिसाउनुभएन । उल्टै स्नेह दर्साउनुहुन्थ्यो । किनकि मैले आमालाई कहिल्यै निरास बनाइन । सधैँ पहिलो भएँ । मेरो पहिलो गुरु पनि जन्मदिने आमा नै हुनुहुन्थ्यो ।

अबकास पछिको जीवनमा निकै ब्यस्त छु । देश, विदेश घुम्ने, सेमिनारमा भाग लिने, काम गरिरहेको छु । मेरो युवाकाल र बेलायतको एडिनबरामा बिताएका रमाइला क्षणहरुको झझल्को आउछ । कहिले भोकै बसेको, कहिले रोएको त कहिले सिर्जनात्मक काम गरेका याद आउछ । कलेज पढ्दाकि तिं युवतिलाई ‘यो कविता तिम्रै लागि लेखेको’ भन्न मन लाग्छ । तर समय धेरै पर पुगिसकेको छ । तिं दिनहरु कहिल्यै नफर्किने गरी । अर्को जुनीमा के तिं दिनहरु फर्किएलान् ?

Be the first to comment on "बैंसका बेला/अभि सुबेदी"

Leave a comment

Your email address will not be published.


*