पालो पर्खेकि मुना

नरेन्द्र रौले

जब तीज नजिकिदै जान्छ, गायिका मुना थापा मगरको ब्यस्तता उति बढ्दै जान्छ । हरेक दिन तीजका नयाँनयाँ गीतहरुको रेकर्डिङ गरेरै उनको समय बित्छ । यसपालीमात्रै एक दर्जन यस्तै गीतमा स्वर भरिसकेकि मुनालाई अझै तीजका गीत गाउन निरन्तर अफरहरु आईरहेकै छन् । स्वदेश र परदेशका कुनाकुनाहरुमा यस्तो बेला उनको माग झनै बढिरहेको छ ।

तीज आउदा मुनाको मन उमंगले भरिन्छ । दिदी, बहिनीहरुसँग नाँच्न, गाउन पाउदा उनलाई अपार आनन्द मिल्छ । ‘तीजको गीत गाउदा छुट्टै रमाईलो लाग्छ ।’ केहीदिन अघि भेटिएकि उनले भनिMuna thapaन्, ‘यो चाडको सुन्दर पक्ष भनेकै यही हो ।’ गाउमा बिताएका केही अतितका सम्झनाहरुले उनलाई घरीघरी भाबुक बनाउँछन् । उनी जन्मि हुर्केको, बढेको गोरखा मनकामना गाबिसस्थित सिलिङ लामाछापका तीजहरु विशेष हुने गर्थे ।

तीज आउनु भन्दा १५ दिनअघि नै गाउभरी उल्लास छाउथ्यो । हरेक राती खाना खाएर गाउभरीका मानिसहरु ठूलो आँगनमा जम्मा हुन्थे । घण्टौंसम्म नाँचगान चल्थ्यो । दिदीको सारी लगाएर घरबाट डेढ टाढा रहेको बक्रेश्वरी मन्दिर पूजा गर्न पुगेको सम्झना उनको मस्तिष्कमा अझै ताजै छ । एकचोटी मन्दिर जाँदा फलफूल किन्नु भनेर हजुरबाले एक सय रुपैंयाँ दिनुभयो । बाटामा कता हरायो पत्तै पाईनन् उनले । ‘मायाले दिनुभएको त्यो पैसा नभेट्दा रुन मन लाग्यो । केही सम्झे जस्तो गरेर उनले भनिन्, ‘त्यो क्षण जीवनमा कहिल्यै बिर्सन सक्दिन ।’

अब ति पुराना दिनहरु कहिल्यै फर्किएर आउने छैनन् । आफ्नै घरगाउ पुगेर मुनाले त्यसरी तीज मनाउन नपाएको पनि सात वर्ष कटिसक्यो । तर यतिबेला देश, विदेशमा मनाएका हरेक तीजहरु पनि उनका लागी विशेष र स्मरणिय छन् । गत वर्ष दुबईमा त्यस्तै यादगार बन्यो । ‘परदेशमा रहने दिदी, बहिनीहरुसँग दुख, सुख साँटियो ।’ उनले सुनाईन्, ‘एक हप्ताको बसाइ रमाइलै रह्यो ।’

यसपाली तीजअघि बहराइन जाने कार्यक्रम निश्चित भईसकेको छ । ठ्याक्कै तीज कहा मनाउने तय भईसकेको छैन । मलेसिया, कोरिया, युके, दुबइ तीन चोटी घुमेकि उनले डेढ दर्जन भन्दा बढी मुलुक पाइला टेकेकि छिन् । नेपालमा भने ५० भन्दा बढी जिल्ला घुमिसकिन् ।

चरी बस्यो बरको डालीमा, बाडुल्की लाइरहने, पिरतीमा फेल, तिमी राम्रो हाँसोले जस्ता चर्चित गीतकि गायिका sari ma munaमुनाको दैनिकी सधैँ एउटै रुटिनमा चल्दैन । प्रायजसो उनी बिहान ६/७ बजेतिर ब्यँुझिने गर्छिन् । कतै कार्यक्रमा जानुपर्दा बिहान ४/५ बजेतिरै निस्कनुपर्छ । नयाँबजारमा डेरा गरेर एक्लै बसिरहेकि उनी बिहान आफै खाना बनाउँछिन् । खानमा उनी त्यति सौखिन छैनन् ।

उनको किचेनमा दाल, भात, तरकारी पाक्छ । दिउसो गीत रेकर्डिङ र स्टेज ब्यस्त हुन्छिन् । प्राय हप्तामा कतै न कतै स्टेज कार्यक्रमका लागी निम्तो आइरहेकै हुन्छ । सुरिलो स्वरमा गीतहरु सुनाउन दर्शक, श्रोतामाझ पुगेकै हुन्छिन् ।

उनलाई खाली बस्न मन लाग्दैन । काम बाहेकको समय आइफोन ६ मा फेसबुक, ट्वीटर चलाएर बस्छिन् । धेरै म्यासेजहरु आउने हुनाले उनले फ्यान पेजमा म्यासेज पठाउन नमिल्ने बनाएकि छिन् । ट्वीटरमा आउने म्यासेज भने जवाफ फर्काउछिन् । अन्र्तक्रियामा पनि भाग लिन्छिन् । मोबाइलमा कहिलेकाही फोन र म्यासेज गरेर प्रेम प्रस्ताब राख्नेहरुलाई उनले ‘दाइ’ भनेर पन्छाइहाल्छिन् । ‘लामो कुरा गर्नै मन लाग्दैन ।’ उनी भन्छिन् । ‘सम्मान गरेर बोल्छु । कसैले नकारात्मक सोच्नै सक्दैनन् ।’

साउन लागेपछि मुनाका हातहरु हरियो मेहन्दिले रंगिएका छन् । हातभरी टम्म हरियै चुरा छन् । उनलाई सोधियो, ‘मेहन्दिले रंग्याएर हातमा कसैको नाम लेखिएन ?’ ‘अँह, छैन ।’ लजालु स्वभाबकि उनले मुख खोलिन्, ‘आफूले चाहेर मात्र भएन । भाग्यमा जे लेखिएको छ त्यो हुन्छ । मेरो पनि पालो आउला नि ।’ उनलाई जीवनमा त्यस्तो एक्लोपन महशुष भईसकेको छैन । भाग्यमा विश्वास गर्ने उनी उपयुक्त समय र उपयुक्त व्यक्तिलाई कुरिरहेकि छिन् ।

अहिले त करिअरमै बढी जोड दिईरहेकि छिन् । आफ्नो पेशा बुझिदिने, परिवार र आफूलाई इज्जत गर्ने, दुख, सुखमा सधै साथ दिने जीवनसाथीको खोजीमा छिन् उनी । स्कुटर किनेर पनि यत्तिकै थन्किएको छ । एकचोटी दुर्घटनामा परेपछि चलाउनै डर लाग्छ । स्टेजमा उक्लिदा हल्का मेकअप गर्ने, गुन्यु, चोली, कुर्ता, सुरुवाल लगाउने उनी अरुबेला भने मेकअपको वास्ता गर्दिनन् ।

आफूलाई सजिलो लाग्ने पहिरन लगाउछिन् । चलचित्र हेर्न हलमा जाने बानी छैन । बरु डिभिडि किनेर ल्यापटमै हेर्ने गर्छिन् । झण्डै १५ सय गीतमा स्वर भरिसकेकि उनी आधुनिक, लोक, पप सबै खाले सुन्न मन पराउछिन् । तीजका लागी उनले सपिङ गर्न भ्याइसकेकि छैनन् ।

प्राय साँझ ६ बजेतिर मुना आफ्नो कोठा फर्किन्छन् । दिनभरी थाकेको ज्यान हुनाले खाना बनाउन मन लाग्दैन । दिउसो बाहिर खाएको हुनाले खान मन पनि उतिसारो हुँदैन । फलफूल र फास्टफुड खाए पुग्छ । घरमा वाइफाइ छ । निद्रा नलाग्दा सम्म फेसबुक र ट्वीटरमा समय बिताउछिन् । वाइफाइ नहुँदा थ्रिजिबाट इन्टरनेट चलाउछिन् । ‘अब त बानी नै भईसक्यो ।’ उनी भन्छिन्, ‘नचलाइ बस्नै सकिदैन ।’

यो सामग्री पहिलो पटक आजको साप्ताहिकमा प्रकाशित भएको हो ।

Be the first to comment on "पालो पर्खेकि मुना"

Leave a comment

Your email address will not be published.


*