नृत्य नै मेरो व्वाइफ्रेण्ड हो – पार्वती राइ (चर्चित नृत्याङ्गना)

b3

‘मलाई त्यती बोल्न भने आउदैन’ हल्का लजाउदै चर्चित नृत्याङ्गना पार्वती राईले कुराकानीको सुरुवात गरिन्, ‘तपाई आफै मिलाएर लेख्दिनुस् है ।’ रातो लुगा र कालो पाइन्टमा टिमिक्क परेकी उनले दुबै कानमा लाम्चा आकारका इयर रिङ पहिरेकी थिईन् । जुन उनलाई अत्यन्तै मनपर्छ । दाया हातको औंलामा एउटा लाम्चो औंठी र बाया हातका  औंलाहरुमा घुसारेका दुइवटा औंठीहरुले बेलाबेला ध्यान खिच्थे । गाजलु आखाहरु हेरौंहेरौं लाग्थ्यो । गुलाबि लिपिष्टिक पोतिएका ओठहरु केही बोल्न खोजिरहेका थिए ।

‘वास्तबमा मलाई फरक अन्र्तवार्ता दिन मन थियो’ पार्वतीको सुरिलो आवाज गुञ्जियो, ‘आज त्यो रहर पूरा हुने भयो ।’ नयाबानेश्वरस्थित एउटा क्याफेको कुनोमा उनी आफ्नो संघर्ष, सफलता र जीवनको भित्रि पाटोबारे सुनाउन आतुर थिईन्b1 । यस वर्षमात्रै २७ वटा म्युजिक भिडियोमा अभिनय गरेकी पार्वतीले आमदर्शकहरुको मनमा बेग्लै छाप छोडेकि छिन् । तीन वर्षको अबधिमा उनले नृत्य गरेको म्युजिक भिडियोको संख्या भने साढे दुइ सय कटिसकेको छ ।

हरेक गीतहरुमा फरक नृत्य, अभिनय र बेग्लै स्वाद दिएर दर्शकहरुको पहिलो रोजाइमा पर्न सफल छिन् उनी । कफिको अर्डरपछि उनको पहिरनको सोखकै विषयमा कुराकानी केन्द्रित भयो ।

‘आज घडी लगाउन छुटाएछु ।’ आफ्नै हाततिर नजर लगाउदै पार्वतीले मुख खोलिन्, ‘प्राय मलाई ठूलो साइजको घडी लगाउन मनपर्छ ।’ बिशेषगरी दोहोरी र तीज गीतको म्युजिक भिडियो नृत्यकी ‘हट् केक’ गगल्सकि सौखिन हुन् । कतै निस्कदा उनका आखाहरु गाजलले सजिएकै हुन्छन, ओठहरु लिपिष्टकले पोतिएकै हुन्छन् । कोठामा ८/१० वटा गगल्स छन् । ति मध्ये अधिकांस आफैले किनेका र कतिपय उपहार स्वरुप पाएकी हुन् । बजारमा नया आइटमको गहना आयो कि उनलाई किन्न मन लागिहाल्छ । सुनभन्दा चादीका गहनाप्रति उनको मन बढी लोभिन्छ । उनी घर बाहिर निस्कदा इयर रिङ लगाउन कहिल्यै छुटाउदिनन् । सबैभन्दा बढी मनपरेको गहना भएर होला घरमा इयर रिङकै संख्या बढी छ । तर कति छ, ठ्याक्कै उनलाई याद छैन । थरीथरीका औंठीहरु त्यस्तै १५/२० वटा भएको अनुमान गर्छिन् । त्यसबाहेक आफ्नै कमाईले किनेको सुनको सिक्री, एक जोर चादीको बाला र नेकलेस छ ।

‘कमाएको पैसा सपिङ र मेकअपमै त जान्छ ।’ ब्ल्याक कफिको चुस्किमा पार्वतीका गुलाबी ओठहरु चल्मलाए, ‘तर म बचत पनि गर्छु ।’ एकचोटी सपिङ गर्न जादा २०/३० हजार रुपैंया खर्च हुने गरेको उनले सुनाईन् । टि–सर्ट, पाइन्ट र वानपिस लगाउन सबैभन्दा सजिलो लाग्छ । लेहंगा र झुमरमा उनको मन बसेको छ । दौडधुपको दैनिकी हुनाले सारी, कुर्ता लगाउन उनलाई अफ्ठ्यारो लाग्दो रहेछ । सुरुसुरुमा थाइकट् कपाल मन परेपनि यतिबेला भने रहर फेरिएको छ । उनले लामो कपाल पाल्न रुचाउछिन् । कुराकानी क्रममा रातो मेहन्दिले हाइलाइट् गरिएको लामो कपाल शरीरको अगाडी पट्टी छाडेको खुब सुहाएको देखिन्थ्यो ।

पार्वतीलाई तीन वर्ष अघि म्युजिक भिडियोमा नाच्ने अबसर जुर्यो । राजु गुरुङ र मुना थापा मगरले स्वर भरेको हेर्छौ ओठ टोकीगीतमा उनको पहिलो प्रस्तुतीले आम दर्शकहरुको मन जित्यो । प्रशंसा र वाहवाही पायो । यसैबाट उनको पहिचान बन्यो । यतिबेला हरेक दर्शकहरुका मुखमा झुन्डिएका प्रायजसो लोकदोहोरी र तीज गीतका म्युजिक भिडियोहरुमा पार्वतीलाई देख्न पाईन्छ । ति मध्ये – तिमी राम्रो हासोले, एबिसीडि, कार किनेर ल्याउ मेरो माया, दिलको ढोका खुला, लरक्कै लर्केको कपाल छ, यता पनि हुरुक्कै उता पनि हुरुक्कै उनले अभिनय गरेका केही प्रमुख गीतहरु हुन् । उनको विचारमा एउटा राम्रो म्युजिक भिडियो बन्नुमा मुख्यतया निर्देशकको हात हुन्छ र त्यसपछि कलाकारको अभिनयमा भर पर्छ । गेट अपमा होस्, वा अभिनयमा नयापन दिनुपर्छ भन्ने तर्क उनी अघि सार्छिन् । उनलाई आफ्ना हरेक नाचहरुमा गीतको भाब अनुसार अभिनय गरे जस्तो लाग्छ । हात,  मुद्रा र हरेक स्टेपहरुमा स्पष्टता भएकै कारण अरु भन्दा भिन्न देखिएको उनी बताउछिन् ।

पार्वतीलाई कहिलेकाही चाडै दौडिएकि जस्तो लाग्छ । उनले दिनमा कम्तिमा एउटा बढीमा तीनवटा म्युजिक भिडियोमा काम गर्न भ्याएकि छिन् । दुई वर्ष अघि १ लाख ६० हजार रुपैंया खर्चेर किनेको टिभिएस विगो ब्राण्डको स्कुटीले उनको जीवन सहज बनाएको छ । एकाबिहानै जोरपाटीस्थित निवासमा उनलाई लैजान सुटिङको गाडी आईपुग्छ । सुटिङ स्पटमा चना, चिउरा र अण्डाबाट सुरु हुने दैनिकी अबेर साझ मात्र विश्राम पाउछ । कुनै दिन त राती अबेर सम्म सुटिङमै ब्यस्त भएको भईन्छ । घाम, पानी, भोक, तिर्खा नभनि कुशलतापुर्वक उनले आफ्नो भुमिका निभाउछिन् । आफ्नो रफ्तार छिटो नगरे कसैले भेट्ला कि जस्तो लाग्छ । समय र माग अनुसार चल्न उनी सिपालु छिन् । त्यही ब्यस्तताले ब्युझिने र सुत्ने दैनिकी एकै प्रकारको छैन । काम अनुसार फेरबदल भईरहन्छ ।

उनलाई जतिखेरै पनि काममा ब्यस्त भईरहन मन लाग्छ । ‘काम भएन भने त बहुलाउछु होला’ जोशिदै उनले सुनाइन्, ‘घरमा एकछिन पनि बस्नै सक्दिन ।’ फुर्सदमा घर सफा गरेर, फेसबुक चलाएर बस्न मन पराउछिन् । बढी जसो त उनलाई काममै डुबिरहन मन लाग्छ । प्रतिष्पर्धाको जमाना छ । ठूलो भीड छ । त्यसो भन्दैमा उनी कत्ति पनि डराएकि छैनन् । कडा मिहिनेत गर्दै सधै पहिलो नम्बर हुन पाए लागिरहन्छ ।

‘दोहोरी म्युजिक भिडियोकि हट् केक जस्तो लाग्छ ।’ मुसुक्क मुस्कुराउदै पार्वतीले सुनाइन्, ‘सबैले खान खोज्छन् नि ।’ सफल नृत्यकै कारण उनलाई कोरिया, हङकङ, कतार, मलेसिया पु¥यायो । स्वदेश र विदेशमा उनले कैयौं यस्ता दर्शकहरु भेटिन्, पार्वतीले अभिनय गरेका म्युजिक भिडियो मोबाइलमा डाउनलोड गरेर राखेका थिए । ‘तपाईको नाच हेरेपछि हामीलाई पनि नाचौनाचौ लाग्छ । उर्जा मिल्छ । अरु हेर्नै मन लाग्दैन ।’ भन्दै दर्शकहरुले प्रेम दर्शाएपछि उनमा बिछट्टै आनन्दको महशुष हुन्छ । उनको सफलताप्रति परिवार र उनको समुदायले पनि गौरब गरेको छ । उनका बुबा भक्तबहादुर, ‘मेरो छोरी जस्तो राम्रो कोही छैन ।’ भन्दै फुक्र्यादिनुहुन्छ । फुर्किन्छिन् उनी पनि । तर काममा पटक्कै सम्झौता गर्दिनन् । दुनियाले उनको नाचकै तारिफ गर्छन् । उनी आफैलाई पनि भयंकर राम्री ठान्दिनन् । ठिक्कको छु जस्तो लाग्छु ।

तर  ‘नाच’ भने भगवानले दिएको उपहार भन्नेमा कुनै शंका छैन । आफ्नो नाचमा अझ त्यस्तो चुम्बकिय शक्ति मिसाउन मन छ, जसलाई हेरेर सारा दुनिया भुलोस् । उनी एक्लै हुदा गीत बजाएर कोठाको ऐना हेर्दै ना“चिरहन्छिन् । नाच्दा नाच्दै आफैमा हराउछिन् । खुट्टा दुखेपछि त्यसको कुनै महशुष नहुने रहेछ । यसरी एक्लै नाच्दा बेग्लै प्रकारको आनन्द मिल्दो रहेछ । नया पोज र स्टेप पनि सिकिने रहेछ । चौबिसै घण्टा नाच्दा पनि उनलाई थाक्दिन जस्तो लाग्छ । आफ्नो रगत रगत र नशा नशामा नाच नै बगे झैं लाग्छ । साच्चिकै शिवको ‘पार्वती नै हु कि’ ठान्ने उनी यसका लागी जुनसुकै चिज पनि त्याग्न तयार छिन् उनी । जुन दिन नाच्न छाडिन्छ, त्यो दिन संसार छाड्छु कि जस्तो लाग्छ । पुर्व जन्ममा इन्द्रको दरवारमा नाच्ने अप्सरा नै हुकि झैं लाग्छ ।b2

उदयपुरको लेखानीमा जन्मेकी, काठमाडौंको जोरपाटीमा हुर्के, बढेकी पार्वती स्कुल, कलेजमा ‘हिरोइन’ भन्दा कम थिईनन् । हरेक चोटी नृत्य कार्यक्रम आयोजना हुदा बेस्ट डान्सरको उपाधी हात पारिन् । टेलिभिजनमा हिरो, हिरोइन नाचेको हेर्दै त्यस्तै गर्न खोज्थिन् । सारंगा श्रेष्ठको नाच, करिश्मा मानन्धरको अभिनय र रेखा थापाको निडरपन उनलाई खुब मनपर्छ । मामाघर र आफन्तहरुको घर पुग्दा खुब नाच्थिन् । सबैले उनको कानमा पैसा सिउरीदिन्थे । त्यसपछि त उनी झन्झन् नाच्न थाल्थिन् ।

अतिरिक्त क्रियाकलापमा सक्रिय उनी अरुणिमा उमाबिको गल्र्स हाउस क्याप्टेन थिईन् । करातेको ब्ल्याक बेल्ट हात पारेकी उनी सुरुसुरुमा त केटा जस्तै थिईन् । टोलका कति केटाहरुलाई कुटेको घटना सुनाईन् । केटासंग स्वभाब मिलेकोले परिवारमा उनलाई ‘जेठा छोरा’ भनेर बोलाउथे । जे गरेपनि इज्जतिलो काम रोज्नुपर्छ र पहिलो नम्बर बन्नुपर्छ भन्दै बुबाले हौस्याएपछि उनमा झन् जोश थपिन्थ्यो । त्यो बेला चर्चित हिरोइन बन्छु जस्तो लाग्थ्यो । बिस्तारै बिस्तारै थालेको अभ्यासले यतिबेला पूर्णता पाउने क्रममा छ । कौडा, मारुनी, घाटु, सालैजो, टप्पा, साकेला, धिमाल जस्ता सांस्कृतिक नाचहरुसंगै साल्सा, बि-बोइङ जस्ता आधुनिक नाच सिकिसकेकी छिन् । यस पेशालाई समाजले हेर्ने दृष्टिकोण फेर्नुपर्ने धारणा छ उनको । अरु पेशा जस्तै यसलाई पनि सम्मान र इज्जत गरिदिए भन्ने लाग्छ ।

पार्वतीले तीजमा ब्रत बस्न थालेको धेरै भईसक्यो । एकचोटी पानी नखाई ब्रत बस्दा ज्वरो थलिइन् । अचेल पानी र फलफूल खाएरै लिने गरेकी छिन् । उनले पढे लेखेको, राम्रो, माया गर्ने, केयर गर्ने ‘वर पाउ’ भन्ने कामना गर्छिन् । बानी, ब्यहोरा, आचरण राम्रो भएको पुरुष उनलाई मनपर्छ । हरेक मंगलबार गणेशको मन्दिर जाने, पूजा गर्ने बानी छ । बिहीबार माछा, मासु खादिनन् । धर्मकर्म, पुजापाठप्रति अगाध आस्था छ । उनले यो प्रेरणा आमा मिथिलाबाट पाएकी हुन् । यसै वर्ष लोक दोहोरी प्रतिष्ठानबाट दोहोरी बेस्ट नायिकाबाट सम्मानित भएकि पार्वती जतिखेरै पनि खुसी रहन चाहन्छिन् । दुखलाई जहा छ त्यही छोडिदिन्छिन् । जिस्किने, नलजाउने र फरासिलो स्वभाब छ ।

मुड अनुसार गीत सुन्न मन लागेपनि शान्त वातावरणमा भने बासुरीको धुन गुञ्जिदा मन रमाउछ । साथीभाइ जम्मा भएका बेला उनीहरुलाई गाउन लगाएर आफुलाई नाचिहाल्न हतार हुन्छ । नेपाल टेलिभिजनले आयोजना गरेको छम्छमी कार्यक्रममा उत्कृष्ट पाचभित्र पर्न सफल भएपनि पहिलो नहुदा उनलाई एकदम नरमाइलो लागेको थियो । ‘म त्यो पल खुब रोए ।’ उनी भाबुक देखिइन्, ‘त्यसले मलाई डिप्रेस बनायो ।’ अहिले पाएको सफलता देखेर उनी छक्क पर्छिन् । आफ्नो अस्तित्व खोज्छिन् । बेलाबेला पहिले भन्दा अल्छि भएकि जस्तो लाग्छ रे ।

पार्वतीलाई कुकिङमा खुब रुचि छ । रेसिपि हेरेर घरमा कतिपय परिकार आफै बनाउछिन् । आलुका परिकार, माछा, मासु, पुलाउ, खिर, सेलरोटी, चाउमिन, सा“धेको सुकुटि लगायत अन्य परिकार मीठो बनाउछिन् । एकचोटी नारायणटारमा उनको होटेल थियो । आमालाई सघाउने क्रममा उनले सबै परिकार बनाउन सिकिछन् । घरमा सबैले तिमीले बनाएको मीठो हुन्छ भन्दै फुक्र्यादिन्छन् । घरमा पाहुनाहरु आइपुग्दा उनले नै बिभिन्न परिकार बनाएर खुसी बनाउन खोज्छिन् । साथीभाईहरु समेत उनको हातको मीठो खाजा खान घरमा आइपुग्छन् । उनी आफैलाई भने दुध, फलफूल, दही, महि, घिउ, अनार र स्याउको जुस मनपर्छ । रेस्टुरेन्ट छिर्दा मेनुमा मम नै उनको रोजाइमा पर्छ । पहिले पहिले त तोङ्वा र झ्वाइखट्टे खाने बानी थियो ।

पार्वतीलाई प्रेम प्रस्ताब भन्दा विवाहका प्रस्ताबहरु धेरै आउछन् । अहिले सम्म कसैसंग प्रेम नगरेको र डेटिङ नगएको बताउने उनी सकभर ढिलो विवाह गर्ने सोचमा छिन् । अहिले काममै समर्पित हुने चाहना छ । कतै अल्झेर, बा“धिएर कामको गती रोक्न चाहन्नन् । उनले आफ्नो कामलाई नै ब्वाइफ्रेण्ड ठान्छिन् । कहिलेकाही विवाहित जोडीहरुले झगडा गरेको देख्दा, मनमुटाब भएको देख्दा विवाह नै नगरौं कि जस्तो पनि लाग्छ । बुबासंग भने ठूलो पार्टी प्यालेसमा विवाह गराइदिनु भनेर ठट्टा गर्छिन् । ‘भोजमा ५/६ लाख रुपैंया सिध्याइदिन्छु’ भन्न पछि पर्दिनन् । जोरपाटीका एक ब्यापारीकि छोरी पार्वतीलाई धेरैले लाहुरेकि छोरी ठान्छन् । हैन भनेर अरुलाई आश्वस्त पार्न खोज्छिन् । आफ्नो नाक, मुस्कान, सेता दातहरु र चिउडो उनलाई मनपर्ने अंग हुन् । उनी जति रिस उठेपनि हरपल मुस्कुराइरहन्छिन् । सुटिङ स्पटमा कहिलेकाही ढिलो पुग्दा जब उनी मुसुक्क मुस्कुराउछिन्, निर्देशक रिसाउदैनन् । त्यतिबेला उनलाई लाग्छ, मुस्कानले पत्थरलाई पनि पगाल्न सकिन्छ ।b3

पार्वतीको अनुभबले भन्छ, जीवनमा रिस्क लिने हो भने सफलता मिल्छ । ‘नत्र त नया कुरा गर्नै सकिदैन नि ।’ नङमा रातो नेल पोलिस पोतिएका औंलाहरुले कफिको कप उठाउदै बोलिन्, ‘मान्छेको जीवन त्यत्ति सजिलै कहा पाइएको हो र ?’ बेलाबेला आफ्नै जीवन उनलाई सपना जस्तो लागिदिन्छ । एउटा कुरा सोच्दा अर्कै भइदिन्छ । एकातिर जान खोज्दा अर्कैतिर पुगिन्छ । जहा पुगेपनि हार नखाने बानी छ । ‘संघर्ष जारी राखे अबश्यै जित हुन्छ ।’ उनको मुहार उज्यालो देखियो । त्यो बेला कफिको चौथो कप रित्तिईसकेको थियो ।

नजिकबाट पार्वती

तपाईको स्वभाव कस्तो छ ? मिलनसार, ह“सिलो, फरासिलो
ब्वाइफ्रेण्ड छ ? मेरो काम नै ब्वाइफ्रेण्ड हो

कसैसंग चक्कर चलेको छैन ? मेरो काम बाहेक कसैसंग छैन

विवाह कहिले गर्ने ? -विवाहितहरुले झगडा गरेको देख्दा नगरौं कि लाग्छ

आफ्नो कुन अंग मनपर्छ ? चिउडो ।

पुरुषको कुन अंग मनपर्छ ? अंग भन्दा ब्यक्तित्व मनपर्छ

ब्रत बस्नुहुन्छ ? -बस्छु

के का लागी ? माया गर्ने, राम्रो बर पाउ भनेर

नरमाइलो पल : छम्छमी बाट आउट हुदा

पहिलो पारिश्रमिक : २० हजार (सोल्टी क्यासिनोले आयोजना गरेको नृत्यमा दोस्रो भएबापत)

निरन्तर चौबिसै घण्टा के गर्न सक्नुहुन्छ ? – नाच्न

नाच्न छोडेको दिन ? – यो संसार त्याग्छु होला

झोलामा कुन सामान छुट्दैन ? – पर्स, मोबाइल र चार्जर

पर्समा कति पैसा बोक्नुहुन्छ ? –  २, ३ हजार

ज्योतिषलाई हात हेराउनुहुन्छ ? – कहिलेकाही

के मा रुचि छ ? खाना पकाउनमा

सपना देख्नुहुन्छ ? देख्छु

कस्तो खालको : हिरोसंग फिल्म खेलेको, नाचेको, कुनैबेला भुतले लखेटेको

ग्याजेट : सामसुङ ग्यालेक्सी एसफोर

मनपर्ने कलाकार : सारंगा श्रेष्ठ, करिश्मा मानन्धर, रेखा थापा

लक्ष्य : नृत्य सम्बन्धि पढाइ हुने स्कुल खोल्ने

Be the first to comment on "नृत्य नै मेरो व्वाइफ्रेण्ड हो – पार्वती राइ (चर्चित नृत्याङ्गना)"

Leave a comment

Your email address will not be published.


*