टोकियोमा एक दिन

s2

भोलि– म हुनेछैन तिम्रो सहरमा
फर्किनेछु आफ्नै देश जसरी फर्किन्छ बतास
सुस्तरी छोएर चेरीका फूलहरूजसरी फर्किन्छन् लहरहरू समुद्रका किनारबाट कि त्यसरी–

जसरी फर्किन्छ साँझको पंक्षी आफ्नै गुँडमा

फर्किदा लिएर जानेछु म

नोभेम्बरका एक दर्जन दिनले बुनिएको

हस्तकलाजस्तो सम्झनाको सोभनियर
हार्दिकताको गुलाफी फूल र एउटा प्रेमगीत
अहिले– काँच फुटेको अनुभूति छ छातीमा

मानौं– बाँसुरीको धुनजस्तो आवाजमा भनिरहेछ कसैले
टाढा नेपथ्यबाट
सायोनारा………. मेरी प्रिय सायोनारा………..

घर पुगेर पनि आधी त छुट्नेछु म यहीं,  माउन्ट फुजी वरिपरि, समुद्रको किनारमा

वा नारिता एअरपोर्टको छेउछाउ कतै

फर्केर जाने मैले लिएर जाऊँला जापानी आँखाको बिम्ब

सिंगापुरियन आँसु वा थाइ हाँसोको तस्बिर

मानिसहरूबीचको प्रेम नै हो स्वर्ग
जो म छुटेको हुँला यहाँ
त्यसलाई मायाले सम्हाल्नू– तिमीले मेरो मित्र  !

Be the first to comment on "टोकियोमा एक दिन"

Leave a comment

Your email address will not be published.


*