जैमली र कहिल्यै नफर्किने तिं दिनहरू

‘भगवान संग मागेर पाउने भए ?’ प्रश्न खस्न नपाउदै उनले भने, ‘बालापन र मेरो किशोरबय माग्थें ।’ अनुहार उज्यालो भयो । केही सम्झें जस्तो गरी उनले भने, ‘साँच्चै तिं दिन, त्यहि उमेर र त्यही ठाउमा र्फकन पाए ।’ तर सोचे जस्तो कहा भैदिन्छ र ? नियति र परिस्थिीतीले उनलाई निकै टाढा पुर्‍याईदिएको छ ।

एघार वर्ष अघि अमेरिका पुगेका शिव प्रकाशको मन नेपालमै हुन्छ । बोस्टन शहरको एउटा स्टोरमा पसिना बगाईरहदा उनका आँखाभरी मातृभुमीको याद आईरहन्छ । s1सम्झनाका पुराना एल्बमहरु पल्टाईरहदा अचानक उनी मोरङको हरैँचा पुग्छन् । जहा उनको बालापन र किशोरबय बित्यो । त्यो बेला केटीहरु संग बोल्न पनि ‘ठूलो कुरा’ लाग्थ्यो । कुनै दिन केटीलाई साईकलमा राखेर कुदाउन पाउदा त गाउमा ‘हिरो’ नै भईन्थ्यो । सिधै केटीहरुतिर हेर्ने आँट कसैले गर्दैनथे । तर मनभित्र सबैलाई लाग्थ्यो, ‘राम्रा युवतिहरु संग नजिक हुन पाए ।’ कहिलेकाहिं नजर जुध्थ्यो । मुखले बोल्न नसके पनि आँखाकै भाषामा बोलिन्थ्यो । ‘कति प्रेमहरु आँखाकै भाषामा सिमित रहे ।’ हालैको एक विहान काठमाडौंमा भेटिएका उनले अनुभुति पोखे, ‘मुखले बोलेर भन्दा आँखाको अब्यक्त भाषाले गरिएको प्रेममा झन् मज्जा हुन्छ ।’

झ्यालबाट पसेको चिसो सिरेटोले मुटुमा हान्न खोज्दैछ । तैपनि स्मृतिमा हराउदै गराएका यादहरु शिब प्रकाशले सुनाईरहदा न्यानोपन दिदैछ । उनी सुदुर अतितका दिनहरु सम्भिmदैछन् । दसैंको बेला गाउमा ठूलो मेला लाग्थ्यो । बर्षौंदेखी उनी र उनका दौतरीहरु कहिले दसैं आउला भन्दै कुरेर बस्थे । ‘मन परेकि संग भेट हुन्छ कि जस्तो भैरहन्थ्यो ।’ चियाको चुस्कि लिदै उनी खित्किए । अरु बेला गाउमा हाटबजार लाग्थ्यो । त्यहा पनि त्यस्तै भईरहन्थ्यो । कहिलेकाहिं ललिया खोला, वानडाँडामा कोही युवति घाँस काट्न, गाईबस्तु चराउन गयो कि तिनैलाई पछ्याउदै हिंडिदिन्थे । बैंसालु त्यो उमेरमा युवतिहरुसंग बोल्न, नजर जुझाउन पाईन्छ कि भनेर आफै पनि घास काट्ने, अबेर सम्म गाईबस्तु चराउने गर्थे । दौतरीहरुसंगै डन्डिबियो, खोपि खेलिन्थ्यो । फाटेको मोजामा कागज, पुराना कपडाका टुक्राटाक्रिहरु घुसारेर फुटबल खेलिन्थ्यो । आह तिं दिनहरु । यो जुनिमा कहिल्यै नफर्किने गरी गैगए ।
चियाको कप रित्तिसकेको छ । कहिल्यै नमेटिने सम्झना र यादहरु जति फुकाउदा पनि रित्तिदैनन् । ४८ वर्षमा पाईला टेक्दा पनि उनले जन्मदिन कहिल्यै मनाएनन् । बरु उनले त्यो रकम -डेढ सय डलर) आफुले अध्ययन गरेको जनता उच्च मावि, हरैंचालाई बर्षेनि सुम्पिन्छन् । कहिल्यै आफु, कहिल्यै दिदी, बहिनी र दाजुका नामबाट । एसएलसिमा उत्कृष्टता हासिल गर्ने दुई जना विद्यार्थीहरुलाई हरेक वर्ष स्कुलले यसै रकमबाट छात्रबृत्ति दिलाउछ । कतै पत्रपत्रिकामा पढ्दा पाएको प्रेरणाले यो काम गर्न उनलाई झक्झकाएको थियो । उनी चाहन्छन्, आफुले थालेको कामबाट पनि अरु कसैलाई प्रेरणा मिलोस् । र नया कामको थालनि गरुन् । नेपालका लागी थप केही गरौं भनेर ‘मातृभुमिका लागी महिनाको एक डलर’ भन्ने अभियान उनले सुरु गरिसकेका छन् । अमेरिकामा बस्ने झण्डै दुई लाख नेपालीहरुले सानो सहयोग गर्दा मात्र नेपालमा ठूलो सहयोग मिल्ने उनले संकेत दिए ।
चियाको अर्को कप आईपुग्छ । शिब प्रकाश आफ्ना भावि योजनाहरु बारे गफिदैछन् । हरेक वर्ष केही न केही गरौं भनेर अमेरिकाबाट नेपाल उनी फर्किन्छन् । प्रशस्त पैसा नकमाए पनि केही गर्ने हिम्मत गर्छन् । यसपाली उनले दुईवटा नया कामको सुरुवात गरे । स्वर्गिय पिता हरिप्रसाद पौड्यालको नाममा खोलिएको हरिप्रसाद पौड्याल स्मृति प्रतिष्ठान मार्फत् जैमलि साहित्यिक पुरस्कार र जैमलि डायास्पोरा साहित्यिक पुरस्कारको स्थापना गरे । रु १५ हजार धनराशि भएको पहिलो पुरस्कार नेपालमा बसेर साहित्य साधनामा लागेका स्रष्टाले बर्षेनि पाउनेछन् भने रु १० हजार धनराशि भएको दोस्रो पुरस्कार विदेशमा रहेका स्रष्टाले पाउनेछन् ।
बोस्टनमा उनी बस्ने कोठामा टिभी छैन, सोफा छैन । सामान्य जीवन जिउछन् । बार, डिस्को, नाइट क्लब, क्यासिनो छिर्दैनन् । तर मातृभुमिका लागी केही गर्न मरिहत्ते गर्छन् । ‘महिनौं सम्म कोखमा बास दिने आमा र पाईलो टेकेको धर्तीका लागी केही गर्नैपर्छ ।’ नया कथासंगह्र जैमली को हालै बिमोचन गर्ने सिलसिलामा काठमाडौं फर्किएका उनले भने ।

Be the first to comment on "जैमली र कहिल्यै नफर्किने तिं दिनहरू"

Leave a comment

Your email address will not be published.


*