जम्काभेट- सिद्धार्थ भट्टराई (निर्देशक सिनेमाटोग्राफर)

d

काठमाडौंका सिद्धार्थ भट्टराईले उपहारका रूपमा धेरै पटक पुस्तक पाए। पहिलो पटक द गुड अर्थ उपन्यास पढेको सम्झने सिद्धार्थ जासुसी र  अपराधसम्बन्धी उपन्यासमा बढी रुचि राख्छन्। ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक बोर्डिङ स्कुलबाट एसएलसी उत्तीर्ण गरेका सिद्धार्थ मनमनै  सोच्थे, मैले पढेका यी कुरालाई चलचित्रको पर्दामा उतार्न पाए गजब हुन्थ्यो। त्यही चाहनाले पछि उनी अमेरिका पुगे। मिनिसोटा स्टेट युनिभसिर् टी मुरहेडमा फिल्म स्टडिजसम्बन्धी अध्ययन गरेका सिद्धार्थको चाहना कालान्तरमा पूरा भयो। उनले अमेरिकामै निर्मित लास्ट समर फर  व्वाइज मा सिनेमाटोग्राफर तथा dचिफ असिस्टेन्टको अनुभव बटुले। सात वर्ष लामो अमेरिका बसाइपछि उनी स्वदेश फर्किए। प्रदर्शनका क्रममा  रहेको चलचित्र मसानमा उनले स्टिल फोटोग्राफर एवं असिस्टेन्ट निर्देशकको भूमिका निर्वाह गरेका छन्। अन्य नाम नजुरेका केही चलचित्रको  काम पनि अघि बढाइरहेका सिद्धार्थसँगनरेन्द्र रौलेको जम्काभेटः

के सम्भाबना देखेर अमेरिकाबाट र्फकनुभयो ?

काम नै गर्ने हो भने नेपालमा जति सम्भावना अन्त कतै छैन। मानिसहरूले सजिलै पैसा कमाउन चाहेर मात्र हो, नत्र कडा मेहनत गर्ने हो  भने यहाँ प्रशस्तै सम्भावना छ। डकुमेन्टी्र र फिल्म बनाउन कसैले नछोएका धेरै विषय छन्। जस्तो- सामाजिक, सांस्कृतिक क्षेत्रमा बृहत्  विषयहरू छन्।

अमेरिकाले तपाईंलाई के सिकायो ?

वर्क हार्ड, वर्क स्मार्ट। काम सानो-ठूलो हुँदैन। काम जस्तोसुकै भए पनि सम्मानका साथ गर्नुपर्छ। कामप्रतिको मेरो दृष्टिकोण बदल्न सिकायो।

किन अमेरिकाले तपाईंलाई आकषिर्त गर्न सकेन ?

अमेरिकाको जीवनशैली यहाँ बसेर सोचेभन्दा फरक छ। त्यहाँको बसाइ एकदमै महँगो छ। जहिले पनि बाँच्नकै लागि संघर्ष गर्नुपर्छ। आधारभुत  आबश्यकताहरू पूरा गर्दौगर्दै सिर्जनात्मक काम गर्न समय नै मिल्दैन। अर्कातिर ठूलो पर्दाको सिनेमामा छिर्न कठिन छ। त्यो नेपालमा मात्र  सम्भब छ। फेरी म एकै ठाउँमा स्थिर भएर बस्न सक्दिन। जहाँ विषयबस्तु भेटिन्छ, म त्यही जान्छु।

कुन बेला जीवनले नयाँपन खोज्दो रहेछ ?

जब जीवन नीरस बन्न थाल्छ तब नयाँपन खोजिँदो रहेछ। अमेरिकामा मेरो दिनचर्या सधैं एउटै धारमा बग्यो। दुई-चार जना साथीभाइसँग  रमाइलो अनि सधैं काम, काम, काम। त्यहाँ बाँच्नका लागि संघर्ष नगरी सुखै छैन। सारा शक्ति त्यसमै खर्च हुने। त्यस्तो हुँदा फरक काम गर्न  मन लाग्दो रहेछ।

नेपालमा कस्तो चलचित्र बनाउन मन छ ?

प्रायः नेपाली चलचित्रमा मनोरञ्जन बढी हुन्छ। विषयवस्तुमा स्पष्टता भेटिँदैन, तर मलाई मान्छेको जीवनशैलीमा आधारित चलचित्र बनाउन  मन छ, जुन सत्य होस् र त्यसबाट केही सिक्न सकियोस्।

सम्भावनाको देशबाट नेपाल र्फकंदा पछुतो त छैन ?

अँ, काठमाडौं एयरपोर्टमा ओर्लिएपछि भने त्यस्तो महसुस भयो। सात वर्षअघि म अमेरिका जाँदा जस्तो थियो फर्कने बेला एयरपोर्टको अवस्था  त्योभन्दा खराब थियो। किन फर्के हुँला जस्तो भयो। रिटर्न टिकट पनि ल्याउनुपर्ने रहेछ जस्तो लाग्यो। बिस्तारै बानी पर्दै गयो। चित्त बुझाउने  ठाउँहरू प्रशस्तै देखें। अहिले भने त्यस्तो लाग्दैन।

Be the first to comment on "जम्काभेट- सिद्धार्थ भट्टराई (निर्देशक सिनेमाटोग्राफर)"

Leave a comment

Your email address will not be published.


*