घरमै फल्छ डलर

नरेन्द्र रौले

नियमित अफिस गईरहनुपर्दैन । कसैको दबाब र हस्तक्षेप पनि नहुने । स्वतन्त्रतापुर्बक घरमै बसेर मज्जाले काम गर्न सकिने । क्या काईदा ! राम्रो वेव डिजाईनर र सफ्टवेयर डेभलपरले अब जागिरका लागी कतै धाउनुपर्दैन । न त बेरोजगार भएर बस्नुपर्छ । बरु घरमै बसिबसि राम्रो आम्दानि गर्न सकिन्छ । निर्मल ज्ञवालीकै उदाहरण लिउँ न । लर्ड बुद्ध एडुकेशन फाउन्डेशनबाट एमएस्सीआईटि (मास्टर अफ साईन्स इन् ईन्फरमेशन टेक्नोलोजि) गरेका ज्ञवाली आउट सोर्सिङबाटै राम्रो आम्दानी गर्ने मध्येका एक हुन् जसले अहिले सम्म डेढ दर्जन भन्दा बढी मुलुकका लागी यो काम गरिसकेका छन् । यो उनको साइड जब हो ।

भौगोलिक सिमाले छेक्न सक्दैन । विश्वको जुनसुकै कुनाको काम एउटा कोठामा बसेर आउट सोर्सिङको काम सम्भब छ । त्यसैले सात समुन्द्र पारीबाट वेवसाइट डिजाईन र सफ्टवेयर बनाउने काम नियमित पाईरहेका छन्, निर्मल । निजी वेवसाईटनिर्मल डट्कमडट्एनपि मार्फत् दिनहुँ बिभिन्न मुलुकबाट कम्पनिहरुले उनलाई सम्पर्क गरिरहेको उनी सुनाउछन् । “घरमै बसेर डलर भित्र्याउन सकिने सजिलो माध्यम बनेको छ ।” उनले भने । अमेरिकी टा्रन्सलेसन सर्भस प्रोभाईडर कम्पनिको एउटै साईट डिजाईन गरेबापत को दुई लाख सम्म लिएको उदाहरण छ उनीसँग । स्वदेशमा बसेर यो भन्दा लोभलाग्दो काम अरु के हुन सक्छ ?
बिगत ६ वर्ष देखी आईटि क्षेत्रमा होमिएकि अनामनगरकि अदिप्ती गुप्तालाई त ४८ घण्टाको एक दिन भईदिए जस्तो लाग्छ । “जति बढी काम गर्न पायो त्यति नै धेरै पैसा कमाउन सकिन्छ ।” भनिन्, “घरमै बसेर काम गर्नुको मज्जा पनि बेग्लै छ नि ।” उनले एउटा निजी कम्पनिमा दुई वर्ष सम्म जागिरे गरिन् । जुन पछि छोडेर घरबाटै आउट सोर्सिङको काम गर्न थालिन् । जसले गर्दा घर परिवारको हेरचाह गर्न पनि सजिलो बनाईदियो । अदिप्ती र निर्मल जस्ता आईटि प्रोफेसनलहरुको जमात उल्लेख्य छ । जो सँग वेव डिजाईन र सफ्टवेयर जस्ता प्रबिधिको राम्रो ज्ञान छ र घरमै बसेर सात समुद्र पारीका लागी काम गर्न सक्छन् । आफु सँग कम्प्युटर वा ल्यापटप र ईन्टरनेट भए क्षमता भएकाहरुले जागिरका लागी कसैको मुख ताक्नु पर्दैन । स्वदेशमा सम्भाबना नदेखेर विदेश पलायन हुनु पनि पर्दैन । त्यसैले यस पेशा तर्फ आकषिर्त हुने युवाहरु बढ्दैछन् । वेव डेभलप्मेन्ट सम्बन्धी निर्मलले दिनमा मात्रै तीन वटा टे्रनिङ दिने गर्छन् । जहाँ स्वदेसी मात्र होईन विदेशीहरु पनि सिक्नका लागी आउछन् । यो क्षेत्रमा राम्रो कमाई गर्न सकिन्छ भनेर उनीहरु सिक्न आएको पाईन्छ ।

यसको ज्ञान र काम गर्ने ईच्छा भएर मात्र पुग्दैन । कसरी यो काम पाउने त ? विश्वमा फैलिरहेका फेसबुक, ट्वीटर, लिंकड्ईन, अर्कुट्, जिङ् जस्ता सामाजिक सञ्जालहरुमा प्रोफाईल राखेर आफुलाई चिनाउने । ताकि आफु को हो र आफ्नो काम के हो ? त्यो संसारभरका मान्छेहरुले चिनुन् । अर्को महत्वपूर्ण पक्ष हो, निजी वेवसाईट बनाउनु । आफूले गरेका सिर्जनात्मक कामलाई आकर्षक रुपमा प्रस्तुत गरेर राख्न सक्यो अरुको ध्यान खिच्न सकिन्छ । बिगतमा गरेका काम पोर्टफोलियोमा राख्न सकिन्छ । जस मार्फत संसारभरबाट मानिसहरुलाई सम्पर्क गर्न सजिलो बनोस् । यस बाहेक नया नया प्रबिधि सँग अपडेट भईरहन पनि त्यत्तिकै आबश्यक छ । बजारमा जति नया प्रबिधी आयो त्यति नै बढी माग हुने गर्छ ।

सोचे जति सजिलो भने यो काम सजिलो भने पक्कै छैन । नेपालीहरुले प्रयोग गर्ने ‘भोली, पर्सि, लोडसेडिङ, बन्द’ जस्ता शब्दहरु विदेशीहरुले प्रयोग गर्दैनन् । उनीहरु मिनेट र घण्टामा कुरा गर्छन् र अह्राएको काम पनि चाँडो खोन्छन् । कसैले यो क्षेत्रमा हात हाल्न चाहन्छ भने ख्याल गर्नैपर्ने महत्वपूर्ण कुरा समय हो । निश्चित समय भित्र काम गर्न सकेन भने अर्को ब्यक्तिलाई कामको जिम्मा दिन्छन् । अर्को जरुरी पक्ष अन्र्तराष्ट्रिय गुणस्तर हो । त्यो पनि विदेशीहरुले प्राथमिकतामा राख्छन् । विशेषगरी नेपाल जस्ता विकासोन्मुख मुलुकको श्रम सस्तो पर्ने भएकोले विदेशबाट आउट सोर्सिङको काम भित्रिने गरेको छ । विदेशी कम्पनिहरुले कम लगानीमा गुणस्तरिय उत्पादन गर्न सकिने भएकाले नै नेपाल जस्तो मुलुकका आईटि प्रोफेसलनहरु छनोटमा पर्छन् । विश्वमा भारत र त्यसपछि फिलिपिन्स दु्रत गतिमा आउट सोर्सिङ गर्ने मुलुक भित्र पर्छन् । नेपालमा यस पेशालाई ब्यबस्थित गर्न सकेमा करोडौँ रकम बराबरको आयात गर्न सकिनेमा विश्वस्त छन्, आईटि क्षेत्रमा लागेका अनुभबिहरु बताउछन् । नेपालमा आउट सोर्सिङको सम्भाबना बलियो भएको बताउछन् क्यानका महासचिब नारायण न्यौपाने । “हामी यसैको एड्भोकेसीमा लागिराखेका छौं ।” उनी भन्छन् । नेपालका २६ वटा कम्पनिहरुलाई एक ठाउमा ल्याएर सफट्वेयर एण्ड बिज्नेस् प्रोसेस आउट सोर्सिङ (सफ्टवेयर एण्ड बिपिओ) नामक कमिटि खोलिएको छ । नेपालको आर्थिक उन्नतीमा यसले राम्रो भुमिका खेल्न सक्ने न्यौपानेको धारणा छ । विदेशी पैसा भित्रिदा भारी मात्रामा सरकारले कर उठाउन सक्छ । तर बिडम्बना नेपाल सरकारसँग यसको कुनै लेखाजोखा नै छैन । सूचना प्रबिधिको क्षेत्रमा लामो समय देखी क्रियासिल गौरब उपाध्याय यो क्षेत्र अत्यन्तै प्रतिष्पर्धी भएको बताउछन् । भन्छन्, “राम्रो सीप र प्रबिधको ज्ञान हुनु जरुरी छ ।”

(यो लेख साप्ताहिकको अनलार्इनमा हेर्ने भए यहाँ भए यहाँ क्लीक गर्नुहोस् )

Be the first to comment on "घरमै फल्छ डलर"

Leave a comment

Your email address will not be published.


*