ओ मेरी प्रियसि ……

साँझपख झरी पर्दा तिमी साथमा थियौ
सुनसान रातमा, जुन उदाउदा तिमी साथमा थियौ
एक्लै हुँदा एकान्तको तिमी मेरो साथी
टाढै भएनि, हुन्छ्यौ तिमी भरी भरी छाती

ओ मेरी प्रियसि ……

मनको बादल हटाएर न्यानो काख दिन्छ्यौ तिमी
छट्पटिदा यो शहरमा शितल काख दिन्छ्यौ
बिरानो छ स्वार्थी शहर, निश्चल साथ दिन्छ्यौ
मन टुक्रिदा, पीडा हुदा न्यानो न्यानो हात दिन्छ्यौ

ओ मेरी प्रियसि ……

Be the first to comment on "ओ मेरी प्रियसि ……"

Leave a comment

Your email address will not be published.


*