आजबाट लोकस मेला २०१२

काठमाडौं- आजबाट (२२ असार) नवौं ‘राष्ट्रिय सूचना तथा प्रबिधि लोकस मेला २०१२’ सुरु भएको छ । तीन दिन सम्म चल्ने यो मेला पुलचोकस्थित् पुलचोक इन्जिनियरिङ क्याम्पसको प्राङगणमा हुँदैछ । ‘बढ्दो डिजिटल डिभाइड कसरी कम गर्ने’ भन्ने विषयमा कार्यपत्र प्रस्तुत हुने, छलफल गर्ने र सेमिनारको आयोजना हुने बताईको छ । सरकारी तथा निजी क्षेत्रमा काम गर्ने विज्ञहरुले आ-आफ्ना धारणाहरु प्रस्तुत गर्ने भएका छन् । मेलामा त्रिभुबन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र पुर्वाञ्चल विश्वविद्यालय अन्र्तगत सूचना तथा प्रबिधी पढाई हुने कलेजका विद्यार्थीहरुको सहभागिता रहनेछ ।
‘एक अर्काका नया सोच, विचार र सीप आदान प्रदान गर्ने यो उपयुक्त ठाउ हुनेछ ‘ मिडिया संयोजक उपेन कुमार शर्माले भने, ‘हामीलाई यस्तो कार्यक्रमले उद्यमि बनाउन पनि प्रेरित गर्नेछ ।’ युवा पुस्ताहरुमाझ प्रबिधिको क्षेत्रमा सिर्जनसिल सोच, सिर्जना गर्न र स्वस्थ प्रतिष्पर्धा गर्न कार्यक्रम गर्न लागिएको उनले लक्षित गरे । तीन दिन सम्म चल्ने यस कार्यक्रममा हार्डवेयर, सफ्टवेयर सम्बन्धि प्रतिष्पर्धा, भिडियो प्रतिष्पर्धा, रोबोर्ट प्रदर्शनि, टर्बाइन प्रदर्शनिका साथै बिभिन्न कम्प्युटर खेलहरु खेल्न सकिनेछ । इलोक्ट्रोनिक्स एण्ड कम्प्युटर इन्जिनियरिङ तथा इलोक्ट्रोनिक्स इन्जिनियरिङ डिपार्टमेन्टका विद्यार्थीहरुले यस मेलाको आयोजना गरेका हुन् । वातावरण तथा विज्ञान प्रबिधी मन्त्रालयको सहयोग तथा भेरिस्क इन्फरमेशन टेक्नोलोजिजको गोल्डेन स्पोन्सर र योमरी इंक, इम्युन सेक्युरिटिको सहयोगमा कार्यक्रमको आयोजना हुन लागेको हो ।

Be the first to comment on "आजबाट लोकस मेला २०१२"

Leave a comment

Your email address will not be published.


*